दिपक मनाङे दोस्रोपटक मन्त्री नियुक्त, गण्डकीमा ४ मन्त्रीको सपथ

पोखरा, ५ जेठ । दिपक मनाङे दोस्रोपटक मन्त्री भएका छन् । उनी गण्डकी प्रदेशको युवा तथा खेलकुदमन्त्री नियुक्त भएका छन् । तर, गण्डकी प्रदेशबाहिर भएकाले सपथ लिन पुगेनन् । मनाङले पछि सपथ लिने जानकारी दिएको बुझिएको छ ।

आज प्रदेश प्रमुख सीता पौडेलले मन्त्री नियुक्त भएका ५ मध्ये ४ मन्त्रीलाई सपथ गराएकी छिन् । सपथ लिनेहरुमा किरण गुरुङ आर्थिक मामला तथा योजनामन्त्री छन् । रामशरण बस्नेत, विकास लम्साल र नरदेवी पुन विनाविभागीय मन्त्री छन् । उनीहरुलाई पछि मन्त्रीको जिम्मेवारी दिने तयारी भएको छ ।

मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले अविश्वासको प्रस्ताव छल्न २९ वैशाखमा राजीनामा दिएका थिए । उनलाई सबैभन्दा ठूलो दलको नेताको हैसियतले पुनः मुख्यमन्त्री नियुक्त गरिएको थियो ।

दिपक मनाङे ग्याङस्टरबाट मन्त्री

दोस्रोपटक मन्त्री नियुक्त दिपक मनाङेबारे देशभर चासो छ । उनी ग्याङस्टर पृष्ठभूमिबाट राजनीतिमा प्रवेश गरेका हुन् । मनाङे स्वतन्त्र हैसियतमा छन् । तर, नेकपा एमालेसँग उनको निकटता छ । मनाङेको साथ मिलेकाले पृथ्वीसुब्बा गुरुङ्गको मुख्यमन्त्री पद जोगिएको थियो ।-

प्रतिक्रिया दिनुहोस