नेपालमा को-रोना भाइरसको तेस्रो लहर भेटियाे, यसले कस्ताे असर पार्छ त ? पढ्नुहाेस्

नेपालमा को-रोना भाइरसको तेस्रो लहर भेटियाे, यसले कस्ताे असर पार्छ त ? पढ्नुहाेस् र सेयर गर्नुहाेस् । नेपालमा को- रोना भाइरसको नयाँ भेरियन्ट पत्ता लागेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले हिजाे एक अपील जारी गर्दै उक्त कुराको जानकारी गराएको हो ।

देशका विभिन्न भागबाट गत हप्ता संकलित ३५ नमुनालाई विश्व स्वास्थ्य संगठनको समन्वयमा जिन सिक्वन्सिङ गरी आज प्राप्त नतिजा अनुसार ९७ प्रतिशतमा ९३४ वटामा बी १६१७२ नयाँ भेरियन्ट र ३ प्रतिशतमा बी १६१७१ भेरियन्ट पुष्टि भएकाे मन्त्रालयले जानकारी दिएको छ । यससंगै हालसम्म नेपालमा यो परिवर्तित भाईरस सहित तीन किसिमका भेरियन्ट रहेको पुष्टि भएको मन्त्रालयले बताएको छ ।

विश्व स्वास्थ्य संगठनले २०२१ मे १० मा यो नयाँ भेरियन्टलाई विश्वव्यापी भेरियन्ट अफ कन्सर्न भनी घो-षणा समेत गरिसकेको मन्त्रालयले जारी गरेको अपीलमा उल्लेख छ । भारतमा भेटिएका ‘डबल’ र ‘ट्रिपल म्युटेन्ट’ को-रोना भाइरसको प्रकार नेपालमा फेला परेको हो। भारतमा यी नामले चिनिएका यी भाइरसलाई भेरियन्ट B.1.617.2 र B.1.617.1 नामाकरण गरिएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा कृष्ण पौडेलले जानकारी दिए ।

थप भेटिएका दुई नयाँसहित नेपालमा तीन किसिमका नयाँ भेरियन्ट पुष्टि भएको उनले बताए । ‘३५ वटा नमूनामा ९७ प्रतिशतमा B.1.617.2 र तीन प्रतिशतमा B.1.617.1 भेरियन्ट पुष्टि भएको छ,’ उनले भने । हाल पत्ता लागेको नयाँ भाइरस सबै उमेर समूहमा धेरै संक्रामक र जोखिमपूर्ण रहेको अध्ययनबाट पाइएको मन्त्रालयको भनाई छ ।

मन्त्रालयले संक्रमण रोक्न सबै सचेत र जिम्मेवारी वनी जनस्वास्थ्यका मापदण्ड पाल्ना गर्न सवैलाई अनुरोध गरेको छ । समाचार बाहिरिनु भन्दा अघिनै नेपालमा को-“रोना भाइरस संक्रमणको दोस्रो लहर चलिरहँदा विज्ञहरुले तेस्रो लहर पनि चल्ने भन्दै तयारी थाल्न सुुझाव दिइरहेका थिए । को- रोना संक्रमणको पहिलो लहर सकिएपछि दोस्रोको तयारी नगर्न अहिले क्षति व्यहोर्नुपरेको भन्दै विज्ञहरुले सम्भावित तेस्रो लहरसँग सामना गर्न तयारी थाल्नुपर्नेमा जोड दिएका छन् ।

को-“रोना भाइरस चाँडचाँडै स्वरुप परिवर्तन गरिरहेको भन्दै उनले नेपालमा पनि तेस्रो लहर चाँडै सुरु हुन सक्ने चेतावनी दिएका थिए । भारतलगायत विश्वभरकै तथ्यांकलाई आधारमा मानेर विज्ञहरुले नेपालमा अक्टोबर- नोभेम्बरमा को- रोनाको तेस्रो लहर आउने दाबी गरेका थिए तर हिजाे नै नेपालमा नयाँ भेरियन्ट पत्ता लागेको छ ।

पहिलो लहरमा जेष्ठ नागरिक प्रभावित भएका र अहिले चलिरहेको दोस्रो लहरमा १८ देखि ४० वर्ष समूहका बढी प्रभावित भएको भन्दै विज्ञहरुले अब तेस्रो लहरमा खोप नलगाएका व्यक्ति र बालबालिका उच्च जोखिममा पर्ने चेतावनी दिएका छन् । पहिलो लहरमा संक्रमितमध्ये बालबालिका २ प्रतिशतभन्दा कम र दोस्रो लहरमा १० प्रतिशत बालबालिका संक्रमित भएका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार तेस्रो लहरमा बालबालिकासहित खोप नलगाएकाहरू बढी जोखिममा पर्न सक्नेछन् । यता विज्ञहरुले भने सबै व्यक्तिलाई खोप लगाउन सकिने बालबालिकालाई जोगाउन सकिने पनि सुुझाव दिएका छन् । उनीहरुका अनुसार मुलुकभर कम्तिमा ४० देखि ६० प्रतिशतलाई दुवै डोज को-रोनाविरुद्धको खोप लगाउन सकिएमा बालबालिकालाई जोगाउन सकिने छ ।

काेराे-ना भा- ईरस ( काे-भिड – १९ ) बाट बच्न सबैले सामाजिक दुरि कायम राखाैँ अनिबार्य रुप मा माक्स को प्रयोग गरौं साबुन पानिले मिचि मिचि हात धुने बानि बसालाैँ । जनहितमा जारी सन्देश ।। हाम्राे न्युजहरु हजुरहरुलाई कस्ताे लाग्छ सल्लाह सुझाव को लागि हामिलाई कमेन्ट बक्समा कमेन्ट गर्न सक्नुहुनेछ ।। तपाइको एक सेयरले थाहा नपाएकाले जानकारी पाउनेछन भने हामीलाई पनि सहयोग पुग्नेछ ।

प्रतिक्रिया दिनुहोस