स्थानीय तहमा बादललाई खिमलालले जिते, अब प्रदेशको गणना बाँकी

काठमाडौ । सर्वोच्च अदालतवाट गृहमन्त्री पद गुमाएका रामबहादुर थापा बादललाई फेरी अर्को झट्का लाग्ने भएको छ । विहिवार हेटौंडामा भएको वाग्मती प्रदेशमा राष्ट्रियसभा सदस्य उपनिर्वाचनको मतगणनाको परिणाम आउन थालेको छ । प्रारम्भिक मतगणनामै उनका प्रतिद्धन्द्धी उम्मेदवार डा। खिमलाल देवकोटाले अग्रता लिएका छन् ।

विहिवार साढे ९ वजेवाट सुरु भएको निर्वाचन दिउसो सम्पन्न भएको हो । केही वेर अघिवाट मतगणना सुरु भएको हो । अहिले सम्मको मतगानामा स्थानीय तहका २३३ मतदातामध्ये देवकोटाले १२८ र रामबहादुर थापा बादलले १०३ मत पाएका छन् । त्यस्तै नेपाल मजदुर किसान पार्टीका कृष्णबहादुर तामाङले २ मत पाएका छन् ।

स्थानीय तहको कुल २३८ मध्ये २३३ मत मात्र खसेको थियो । वाग्मती प्रदेशका स्थानीय तहमा नेकपा एमालेको १३३ मतदाता छन् । खिमलालले पाएको १२८ मतको मतभार २३०४ हुन्छ । बादलले पाएको मतभार १८५४ हुन्छ । डा. देवकोटाले पाएको मतभार बादलको भन्दा ४५० बढी छ ।

 

प्रतिक्रिया दिनुहोस