मेरो अहिलेको अवस्था … भन्दै कोरोनाबाट ज्यान गुमाएका उपप्राध्यापक सुवेदीले ३ दिन अगाडि फेसबुकमा यस्तो पोस्ट गरेका थिए

काठमाडौं – त्रिभुवन विश्वविद्यालय अंग्रेजी केन्द्रीय विभाग कीर्तिपुरका उपप्राध्यापक शंकर सुवेदीको निधन भएको छ। उनको कोरोनाका कारण निधन भएको हो । कोरोना संक्रमण देखिएपछि उपचार गराइरहेका उपप्राध्यापक सुवेदीको आज ललितपुरस्थित पाटन अस्पतालमा उपचारका क्रममा निध न भएको हो ।

उनले ३ दिन अघि मात्र पाटन अस्पतालमा उपचार भइरहेको फोटो फेसबुकमा हालेका थिए । उनी पाटन अस्पतालमा उपचाररत थिए। सुवेदी त्रिभुवन विश्वविधालयअन्तर्गत अंग्रेजी केन्द्रीय विभागमा एक दशकभन्दा लामो समयदेखि अध्यापनरत थिए।विसं। २०२८ असार २३ गते पर्वतको कुस्मा नगरपालिका –१ पाङमा जन्मनुभएका सुवेदीले विसं। २०६२ सालबाट केन्द्रीय अङ्ग्रेजी विभागमा प्राध्यापन सुरु गर्नु भएको थियो ।

प्रतिक्रिया दिनुहोस