अक्सिजनको मात्रा र फोक्सो बलियो बनाउन दैनिक शंख बजाउँनुपर्ने

एजेन्सी, ७ जेठ । कोरोना भाइरसबाट बच्नको लागि मानिसहरुले निरन्तर आफ्नो प्रतिरक्षा प्रणाली बलियो बनाउन कोशिश गरिरहेका छन् । शरीरको प्रतिरक्षा प्रणाली थप बलियो बनाउन शंखले पनि महत्वपुर्ण भुमिका खेल्न सक्छ । शंखको ध्वनीले आसपासको नकरात्मक उर्जालाई नाश गरेर सकरात्मक उर्जा प्रवाह गराउछ ।शंखबाट निस्कको ध्वनीले बिरामीमा भएको किटाणुको नाश गर्छ ।

आयुर्वेद तथा विज्ञान दुवैले शंखलाई सकरात्मक उर्जा दिने र आत्मबल बढाउने साधनको रुपमा मानेका छन् । शंखमा प्राकृतिक क्याल्यिम, सल्फर, फस्फोरसको मात्रा भरपुर हुन्छ । शंखबाट मुखमा भएका सबै रोग नष्ट गर्छ ।

कोरोना संकटमा पनि शंखलाई श्वास प्रश्वास अभ्यास र अक्सिजनको मात्रा बढाउन एक उत्तम विकल्पको रुपमा लिन सकिन्छ । हालसम्म अक्सिजन बढाउन ब्रिदिंग एक्सरसाइज र प्रोन पोजिसनलाई राम्रो विकल्पको रुपमा लिइएको छ । तर, शंख बजाउनु फोक्सोलाई स्वस्थ राख्न सबैभन्दा उत्तम उपाय मध्ये एक हो ।

प्रतिक्रिया दिनुहोस