अन्तिम समयमा योगेश भट्टराईले माधव समुह छाडे

जेठ ७ काठमाण्डौं । लामो समयदेखि ओली समुह बिरुद्ध सक्रिय रहँदै मन्त्रीपदबाट समेत राजीनामा दिएर खनाल नेपाल समुहमा सक्रिय रहेका नेता योगेश भट्टराईले निर्णायक मोडमा आफ्नो समुह छाडेका छन् ।

उनले प्रधानमन्त्रीको बिरुद्ध हस्ताक्षर गर्नु पर्ने अवस्था आए पछि उनले त्यो आँट गर्न सकेनन् । यसलाई माधव समुहका नेताहरुले एक हिशाबको धोकाको रुपमा बुझेको स्रोतको दाबी छ ।

‘मेरो राजनीतिक जीवन कै सबैभन्दा कठिन दिन आज । नेकपा एमालेको एकतालाई जोगाउन सकिन्छ कि भन्ने आशाले मैले आजको निर्णय लिएको हुँ । सही गरेकी, गलत गरेँ इतिहासको कठोर मूल्याङ्कनमा खडा छु। योगेशले आज लेखेका छन् ।

प्रधानमन्त्री बन्ने आफ्नो दाबी खारेज गर्दै राष्ट्रपतिले संसदै भंग गरेपछि देउवाले बोलाए आकस्मिक बैठक

आफूले पेस गरेको बहुमतको दाबी बदर गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले मध्यरातमा प्रतिनिधि सभा विघटन गरेपछि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको पदाधिकारीको आकस्मिक बैठक बोलाएका छन्।

कांग्रेसका एक नेताका अनुसार अहिले बिहान साढे ९ बजे देउवाकै निवास (बूढानीलकण्ठ) मा आकस्मिक बैठक बस्न लागेको हो।कांग्रेसका पदाधिकारी एवं पूर्वपदाधिकारी सहभागी हुने बैठकमा संसद् विघटन भइसकेको अवस्थामा अब कसरी अगाडि बढ्ने भन्ने विषयमा छलफल हुने नेताहरूले बताएका छन्।

प्रवक्ता विश्वप्रकाश शर्मा, शेखर कोइराला, गगन थापालगायत कांग्रेस नेताहरूले प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रपति विद्यादेवी भण्डारीको कदमविरुद्ध चर्काे आलोचना गरिरहेका छन्।

प्रतिक्रिया दिनुहोस