इटालीमा केवलकार दुर्घटना हुदा १४ जनाको मृत्यु

एजेन्सी – इटालीमा मोत्तारोन पहाडको चुचुरोमा जादै गरेको केबलकार दुर्घटना हुँदा कम्तीमा १४ जनाको मृत्यु भएको छ। उक्त दुर्घटनामा एक बालक गम्भीर घाइते भएको अन्तरास्ट्रिय संचार माध्यमले जनाएका छन ।

गत वर्ष कोरोनाभाइरसको महामारीका कारण लामो समय बन्द भएर केही महिनाअघि मात्रै फेरि सञ्चालनमा ल्याइएको उक्त केवलकार अचानक दुर्घटना हुदा उक्त क्षेत्र स्ट्रेसाका मेयर मार्सेला सेभेरिनोले दुख ब्यक्त गरेका छन । उक्त दुर्घटनामा मृत्यु हुने मध्ये पाँच जना इजरायली नागरिक रहेको खुलेको छ।

विदेशी पर्यटक र स्थानीयलाई समुद्र सतहदेखि १४ सय मिटर उचाइमा रहेको मोत्तारोन पहाडको चुचुरोमा लादै गरेको केवलकार २० मिटर तल खालि जमिनमा बजारिएको थियो ।

दुर्घटनाको आवाज नजिकै हाइकिङमा गएकाहरुले सुनेको बताएका छन । केवलकारको डब्बा खसेपछि पनि भिरालो जमिन भएको कारण पल्टिदै धेरै तल गएर अडिएको थियो ।दुर्घटना के कारणले भयो भनेर प्रसासनले अनुसन्धान अगाडी बढाएको छ ।

 

प्रतिक्रिया दिनुहोस