होसियार ! यस्ता संकेत देखिएमा हुनसक्छ आँखामा इन्फेक्सन, बनाउँनसक्छ दृष्टिबिहिन

काठमाडौँ । आँखा चिलाउँदा धेरैको बानी हुन्छ हातले मिच्ने । हातले मिच्दा आँखा चिलाउने मात्र हैन, आँखा रातो समेत हुने गर्छ । अझ हात फोहोर छ भने त त्यसले आँखामा विभिन्न किसिमका संक्रमण निम्त्याउन सक्छ ।

त्यसैले त चिकित्सकहरू सकेसम्म आँखा नमिच्न, हात नलगाउन तथा नकन्याउन सुझाव दिने गर्छन् ।

त्यो सुझावलाई हामी मनन पनि गर्छौं । तैपनि कहिलेकाही धुलोधूवाँ, प्रदूषण तथा विभिन्न एलर्जीका कारण आँखा यसरी चिलाउँछ कि हाम्रो हात स्वतः आँखामा पुग्ने गर्छ । परिणामस्वरूप आँखा पोल्ने, आँखा रातो हुने तथा आँखा सुन्निने गर्दछ ।

यी लक्षण देखिएमा हुनसक्छ आँखामा समस्या

१ . आँखा रातो हुने : यो सबभन्दा सामान्य लक्षण हो । यो आँखामा श्वेतपटल, इपिस्क्लेरा र सिलियरी रक्तनलीहरुको तातोपन र रातोपन हुन्छ । यो संक्रमण पोल्ने, सूजन, चोटपटक, ट्युमर आँखाभित्रको चाप बढेमा हुन्छ ।

२. दुखाई : आँखामा चोट पटक, रसायपिक यान्त्रिक,शारीरिक संक्रमण, सूजन वा आँखाको भित्री चाप बढेमा हुन्छ । आँखामा कसेर पसेमा , कर्नियामा चोटपटक भएमा ग्लाउकोमामा पनि पीडा हुन्छ ।

३. आँखा च्रिपा लाग्नु : धेरैजसो ब्याक्टेरिया र भाइरस इन्फेक्सनबाट आँखा पाक्छ । पीप बाक्लो भएमा ब्याक्टेरियल र पानी जस्तो आँसु बगेमा भाइरल हो भन्ने अनुमान गर्नुपदछ । भाइरसबाट आँखा पाकेमा उज्यालोबाट आँखा तर्सिने, पोल्ने हुन्छ । आँसु बग्ने नली अवरोध भएमा पनि आँसु बगिरहन्छ । एलर्जीबाट आँखा पाकेमा धेरैजसो आँखा चिलाउछ ।

५. आँखालाई बल पर्ने : लामो अवधिसम्म पढ्नु, धेरै बेरसम्म लगातार टि.भी हेरेमा, बन्द कोठामा बसेमा वा कम्युटरमा लामो समयसम्म लगातार काम गरेमा आँखामा बल पर्छ । चश्माको शक्ति नमिलेमा, पढ्दा उज्यलो नपुगेमा, काम गर्दा असजिलो वातावरण भएमा पनि आँखालाई बल पर्छ । कहिले बल गरेर टाढाको हेर्ने, आँखालाई बल गर्छ । कहिले बल गरेर टाढाको हेर्ने, आँखाले नठम्याउने किसिमले सिउने, सुईटर बुन्ने आदिमा नि आँखालाई बल पर्छ ।

६. उज्यालोदेखि आँखा तर्सिने : कर्नियाको सूजन, एफाकिया, आइराइटिस र आँखाको अल्विनिज्म मा हुुन्छ । समान्य रुपामा धेरै रुवा,इन्पल्युएञ्जा भाइरल ज्वरोमा पनि आँखाले हेने गाहो हुन्छ ।

७. आँखाको अगाडि भिल्को देखिनु : यो virtuous opacities मा देखिने हो तर यसले खास मतलब राख्दैन । कहिलेकाहीँ भिल्को देखिएमा चretinal detachment and posterior uveitis भएको संका गर्नुपर्दछ ।

८. टाउको दुख्ने : आँखाको कारणले पनि टाउको दुख्छ तर आँखालाई बल पर्ने काम गरेमा वा चश्माको पावर नमिलेमा पनि टाउको दुख्छ ।

९. दोबर दृष्टि : आँखाका मांसपेशीहरुको आघात वा रक्तस्राव, सूजन चोटपटक वा केन्दीय स्नायू प्रणलीका तेस्रो चोथौ र छैटौ केन्द्रीय मस्तिष्क पक्षघात भएमा पनि दोब्बर दृष्टि देखिने गर्छ ।

आँखा बेस्सरी चिलाए के गर्ने ?

-आँखामा वरफ वा चिसो पानीले सेक्दा पनि चिलाउने समस्या कम हुने गर्छ । त्यस्तै, नरम कपडालाई पानीमा भिजाएर करिब २० मिनेटसम्म उक्त कपडालाई आँखामा राख्नाले पनि आँखा पोल्ने, चिलाउने, सुन्निने तथा रातो हुने समस्याबाट छुटकारा पाउन सकिन्छ ।

-चिसो दूधको प्रयोग गरेर पनि आँखा चिलाउने समस्याबाट राहत पाउन सकिन्छ । कपासलाई चिसो दूधमा केही समय भिजाएर त्यसलाई बेला बेलामा आँखाको वरिपरि राख्नाले पनि आँखा चिलाउने समस्याबाट राहत पाउन सकिन्छ ।

– घाम, पानी, धुलो, धूवँ लगायतका कारण पनि आखाको एलर्जी हुनसक्छ । आँखाको एलर्जी भएमा आखा पोल्ने, चिलाउने तथा रातो हुने गर्दछ । घरबाहिर निस्कनु परेमा चश्माको प्रयोग गरेर पनि आँखा चिलाउने समस्या कम गर्न सकिन्छ ।

-आँखा बेसरी चिलाएमा तुरुन्तै चिसो पानीको फोहराले आँखालाई पखालेर पनि यो समस्याबाट राहत पाउन सकिन्छ । त्यसको लागि पानीको फोर्स भने धेरै हुनु हुँदैन ।

– गुलाव जलको प्रयोयद्वारा पनि आँखा चिलाउने समस्या कम गर्न सकिन्छ । केही थोपा गुलाव जलको प्रयोगले सुरुमा त आँखामा केही जलन होला तर फेरि आराम पनि तुरुन्तै हुन्छ ।

– चिकित्सकको सल्लाह अनुसार आइड्रपको प्रयोग गरेर पनि आँखा चिलाउने समस्या कम गर्न सकिन्छ । यस्ता आइड्रप जुनसुकै औषधी पसलमा सजिलै किन्न पाइन्छ । किन्नुअघि चिकित्सकको सल्लाह लिन भने निकै आवश्यक मानिन्छ ।

प्रतिक्रिया दिनुहोस