बिग्रिएको अनुहारको छालालाई पुन:राम्रो र चमकदार बनाउन मात्र अपनाउनुहोस् यो घरेलु उपाय

काठमाडौँ । मेवालाई पहिरनको फल पनि भनिन्छ । मेवामा प्रसस्त मात्रामा इन्जाइम र पौष्टिक तत्वहरु पाइन्छन् । यसले तपाईँको छालालाई भर्खरको र ताजा राख्छ । त्यसैगरी मेवाको कालो दानाहरु पिसेर लगाउनाले छालाको बिषादी र मरेका कोषहरु फाल्न मद्दत गर्छ ।

आनारमा उच्च मात्रामा प्युनिसिक एसिड, एलाजिक एसिड र एन्टीअक्सीडेन्ट पाइन्छ । यसमा पाइने ओमेगा ३ फ्याक्टी एसिड ले छालाका कोष पुननिर्माण गर्न मद्दत गर्छ । त्यस्तै रातो रक्तकोषको मात्रा बढाई स्वस्थ रक्त प्रवाहको लागि पनि आवश्यक हुन्छ । अनार एक प्राकृतिक मोस्चराइजर भएकाले सुख्खा छालाका लागि पनि यो फाइदाजनक हुन्छ ।

खर्बुजामा प्रसस्तमात्रामा हुने पानीले शरीरलाई सदैव हाइड्रेटेड राख्न मद्दत गर्छ । यसमा हुने लाइकोपिन, भिटामिन सी र भिटामिन एले छाला बूढो हुनबाट जोगाउँछ । खर्बुजाको रस छालामा लगाउनाले छालामा जम्मा भएका फोहर सफा गर्न र छाला स्वस्थ राख्न मद्दत गर्छ ।

सुन्तलामा प्रसस्त मात्रामा पौष्टिक तत्वहरु पाईन्छन् । त्यसमध्ये ए भिटामिन सी हो जुन कोलाजीन नामक छालाका रेसाहरु बनाउन चाहिन्छ । यति नभई सुन्तलाको रस र बोक्राले छालामा मालिस गर्नाले छालाको प्वालमा जम्मा भएका फोहर हटाई छाला स्वस्थ राख्दछ ।

छालामा चमक ल्याउन स्याउको एकदम ठूलो भूमिका हुन्छ । यसमा हुने भिटामिन सी छालाको लागि फइदाजनक छन् । यति मात्र नभई स्याउमा प्रसस्त मात्रामा पाइने पोटासियम छालाको लागि जरुरी हुन्छ ।

प्रतिक्रिया दिनुहोस