अपत्यारिलो संग घट्यो सुनको मूल्य, हेर्नुहोस तोलाको कति पुग्यो ?

काठमाडौँ– नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । हिजोको तुलनामा आज नेपाली बजारमा तोलामा ४०० रुपैयाँले मूल्य घटेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।महासंघका अनुसार आज सुन प्रतितोला ९३ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ । हिजो छापावाला सुनको मूल्य ९४ हजार २०० रुपैयाँ थियो ।

सुनचाँदी व्यवसायी महासंघका अनुसार आज तेजावी सुनको मूल्य ९३ हजार ३०० रुपैयाँ कायम भएको छ ।त्यसैगरि चाँदीको मूल्य भने स्थिर छ । आज चाँदी १ हजार ३५० रुपैयाँ प्रतितोला कायम भएको महासंघले जनाएको छ ।

घरको यो दिशामा सिक्काले भरिएको कचौरा राख्नुस्, सधैँ हुन्छ घरमा लक्ष्मीको बास
काठमाडौँ । वास्तुशास्त्रमा बताइएका कुरामाथि ध्यान दिने हो भने घरमा हरसमय सुख र शान्ति कायम रहन्छ। यहाँ बताइएका सजिला कामहरूमा विशेष ध्यान दिनुभयो भने घरमा नकारात्मक ऊर्जा हटेर सकारात्मकता ल्याउन सकिन्छ।

घर सफा गर्दा पानीमा अलिकति नून हाल्नुस् । यसो गर्दा घरमा सकारात्मक ऊर्जा छाउँछ । यस्तो ऊर्जा भएको घरमा कहिल्यै धनको कमी हुँदैन। घरको उत्तर र दक्षिण दिशामा पैसाको सिक्काले भरिएको कचौरा राख्नुस् । यो घरको नेतृत्वको दिशा हो ।

यहाँ धातुका सिक्काले भरिएको कचौरा राख्दा फाइदा पुग्छ। घरमा परिवारको फोटो झुण्ड्याउनका लागि दक्षिण पश्चिम दिशा सबभन्दा उत्तम हुन्छ । यस दिशामा फ्यामिली फोटो राख्दा परिवारसँग मिलेर काम फत्ते गर्न सकिन्छ ।

यो पनि पढ्नुहोस
आज शुक्रबार धनको वर्षा हुने यी ४ राशिको भाग्य हेर्नुहोस्

अकस्मात् हातबाट यी चिज खसे ? सावधान ! श्रीमानमा आइपर्छ यस्तो संकट

घरको पूजाकोठामा अन्य देवताका साथसाथै वास्तुदेवताको तस्वीर पनि राख्नुस् । अनि उहाँको तस्वीर वा मूर्तिमा नियमित पूजा गर्नुस् । यसो गर्दा वास्तुदोष हटेर जान्छन् ।

घरको छतमा राखिने पानी टंकी दक्षिणपश्चिम दिशामा राख्नु ठीक हुन्छ । अन्य दिशामा टंकी राख्नु अशुभ हुन्छ । अन्य दिशामा टंकी छ भने रातो धागोमा क्रिस्टल बाँधेर टंकीमा झुण्ड्याउनुहोला ।

घरका हरेक सदस्यले कोठाको ढोकामा खुट्टो नतेर्सिने गरी सुत्नु जरूरी हुन्छ । वास्तु अनुसार यसरी सुत्नु सही होइन । यसो गर्दा धनको समस्या आइलाग्छ ।

भान्सामा आगो र पानी नजिकै नराख्नुहोला । यी दुई परस्पर विरोधी चीज हुन् । यिनलाई सँगै राख्दा काममा असफलता पाइन्छ।

प्रतिक्रिया दिनुहोस