…अनि ट्वाइलेटको झ्यालबाट हामफालेर ज्यान जोगाएँ

१४ जेठ, काठमाडौं । बाँकेको कोहलपुर–११ की २२ वर्षीया सदीक्षा गैरेको नर्स बन्ने सपना पूरा भएको दुई वर्ष मात्रै भएको छ । यो अवधिमा नर्सिङ पेसा अंगालेर उनले धेरै बिरामीको सेवा गरिसकेकी छिन् । हरप्रयासको बाबजुद केही बिरामीले उनकै अगाडि ज्यान पनि गुमाएका थिए ।

कोरोना महामारीको बेलामा पनि अनवरत सेवामा खटिने क्रममा बिहीबार राति एकजना संक्रमितले ज्यान गुमाए । त्यही बिरामीको मृत्युले उनको जीवनमा कहिल्यै नमेटिने नमिठो छाप दिएको छ । लाख प्रयास गर्दा पनि बिरामीलाई जोगाउन नसक्दाको पीडा त छँदैछ त्यसमाथि बिरामीका आफन्तले गरेको व्यवहारले झन् बढी पीडा दिएको छ ।

बिरामीको मृत्युपछि आक्रोशित मृतकका आफन्तले डाक्टर र नर्सहरुमाथि हातपात गर्न थालेपछि सदीक्षासहित चिकित्सक र नर्सको टोली ट्वाइलेटभित्र लुकेर बसे । आक्रमणकारी त्यहाँ पनि जाइलागेपछि उनीहरुले ट्वाइलेटको झ्यालबाट बाहिर हामफालेर ज्यान जोगाए ।

कोरोना महामारीमा आफ्नो ज्यानको प्रवाह नगरी बिरामीको सेवामा खटिँदा बिरामीको आफन्तबाट भएको यो व्यवहारले उनीलाई असह्यै पीडा दिएको छ । बिहीबार रातिको त्यो त्रासदीपूर्ण घटनाबारे उनले यसरी बयान गरिन् :

मेरो नाइट डियूटी थियो । बिहीबार राति सात बजे अस्पताल पुगिसकेको थिएँ । पीपीई लगायत आवश्यक स्वास्थ्य सुरक्षा सामग्री लगाएर कोभिड वार्डमा छिरें । बेड नम्बर १३ मा रहेका बिरामी गम्भीर अवस्थामा थिए । बिरामीको स्याचुरेसन डाउन हुँदै गइरहेको थियो । आश्विनी दिदीले भेन्टिलेटर जोड्नु भएको रहेछ । तर पनि बिरामीमा अक्सिजन मेन्टेन हुन सकिरहेको थिएन ।

कुरुवाले भने मेरो बिरामीलाई मार्ने भयो भनिरहनु भएको थियो । मेरो बिरामीलाई केही भयो भने कसैलाई छोड्दिन भन्दै धम्की दिनु भयो । जबकी डियूटीमा रहेका दुई जना डाक्टर र चार जना नर्स उनकै बिरामीको उपचारमा व्यस्त थिए । उनलाई बचाउन प्रयास जारी राखेका थियौं, तर हामीले बचाउन सकेनौं ।

उनको मृत्यु पुष्टि गर्नका लागि ईसीजी गर्ने तयारी भइरहेको थियो । त्यही वार्डमा अर्का एकजना बिरामी पनि गम्भीर थिए । उनको पनि स्वास्थ्य अवस्था खस्किँदै गइरहेको थियो । हाम्रो टिममा रहेका डाक्टर र नर्सहरु उनलाई हेर्न त्यता जानुभयो । म भने उनको ईसीजी गर्न तयारी गर्दै थिएँ ।

क्याविनको ढोका तोडफोड गर्न थालेपछि क्याविनभित्रको एट्याच ट्वालेटभित्र हामी सबै पस्यौं । एट्याच ट्वाइलेटको ढोका पनि उनीहरुले तोडफोड गर्न लागे । त्यसपछि अब त मरिने भयो भन्ने लाग्यो । केही सोच्नै सक्ने अवस्था थिएन । त्यही बेला हामी सबैको ध्यान ट्वाइलेटको झ्यालमा पुग्यो । त्यही झ्याल फोडेर हाम फालौं भन्ने कुरा साथीहरुबाट आयो । तर मेरो हातखुट्टा सबै काँपीरहेको थियो । म रोइरहेको थिएँ । उनीहरु ढोकामा जोडतोडले हानिरहेका थिए ।

एक्कासी ६/७ जनाको समूह वार्डमा प्रवेश गरे । उनीहरुले मेरो घाँटी अठ्याउन थाले । त्यही बेला बिरामीका एकजना कुरुवा दाइ मेरो अगाडि आएर बलतल्ल छुटाउनुभयो । म अत्तालिँदै डाक्टर भएको ठाउँमा पुगें । उनीहरु लखेट्दै आइरहेका थिए । बिरामीको उपचारमा व्यस्त चिकित्सक र नर्सहरुले मलाई उद्धार गरेर क्याविनमा लिएर गए । तर पनि त्यो समूहले क्याविनमा तोडफोड गर्न छाडेन ।

क्याविनको ढोका तोडफोड गर्न थालेपछि क्याविनभित्रको एट्याच ट्वालेटभित्र हामी सबै पस्यौं । एट्याच ट्वाइलेटको ढोका पनि उनीहरुले तोडफोड गर्न लागे । त्यसपछि अब त मरिने भयो भन्ने लाग्यो । केही सोच्नै सक्ने अवस्था थिएन । चारै जना के गर्ने कसो गर्ने भनेर अत्तालिरहेका थियौं । त्यही बेला हाम्रो ध्यान ट्वाइलेटको झ्यालमा पुग्यो । त्यही झ्याल फोडेर हाम फालौं भन्ने कुरा साथीहरुबाट आयो । तर मेरो हातखुट्टा सबै काँपीरहेको थियो । म रोइरहेको थिएँ । उनीहरु ढोकामा जोडतोडले हानिरहेका थिए । अन्ततः झ्याल फोडेर हामफाल्न तयार भयौं । तर मलाई हाम फाल्ने आँट नै आएन ।

प्रतिक्रिया दिनुहोस