हरेक बिहान खाली पेटमा कागती पानी पिउँदा यसरी फेरिन्छ शरिर ! २ मिनेट समय दिएर अवस्य पढ्नुहोस

काठमाडौँ । हामी सबैलाई थाहा छ, मानिसको शरिरले भिन्न किसिमका रसायनहरुमा भिन्न किसिमले प्रतिक्रिया दिन्छ । कुनै पनि रसायन हाम्रो शरिरमा निश्चित मात्रामा नियमितरुपमा भइरहदा प्रतिक्रिया पनि फरक फरक हुन्छ । जस्तै: कागती पानीले शरिरमा पार्ने फरक ।

हामीले गर्मीमा शरिर शितल गराउँन कागती पानी पिउँने गर्छौँ तर कमै मात्र मानिसले बिहान बिहान खाली पेटमा कागती पानी पिउँछन् । तपाईले कागती पानी हरेक बिहान पिउँदा हुने फाइदा थाहा पाउँनु भयो भने छक्क पर्नुहुनेछ ।

यस्ता छन्, खाली पेटमा कागतीपानी पिउनुको फाइदा

तौल कम गर्न

मोटोपनाबाट ग्रस्त हुनुहुन्छ भने बिहान खाली पेट पानी, कागती र मह सेवन गर्दा पेटमा जमेको बोसो कम हुन थाल्छ । यसले मेटाबोलिजम पनि बढाउँछ ।

मुखको दुर्गन्ध हट्छ

कागतीपानीले मुखको दुर्गन्ध पनि हटाइदिन्छ । शरीरलाई विष रहित बनाउन यसले मद्दत गर्छ ।

जोर्नीको पीडाबाट राहत

जोर्नीको पीडाबाट चिन्तित हुनुहुन्छ भने कागतीपानी पिउन थाल्नुस् ।

भिटामिन सी

शरीरका लागि भिटामिन सी जरूरी तत्त्व हो । यसले रोगहरूसँग लड्न मद्दत गर्छ । बिहानको समयमा यसको सेवनले रोगप्रतिरोधक क्षमता राम्रो हुन्छ । रुघाखोकी जस्ता संक्रमण पनि यसले राख्न दिँदैन ।

पाचन क्रिया राम्रो

बिहान मनतातो पानीमा कागती र मह हालेर पिउनुभयो भने शरीरमा पाचक रस बन्न शुरु हुन्छ । यसले भाृक लाग्न शुरु गर्छ र पाचनक्रियालाई राम्रो राख्न पनि मद्दत गर्छ ।

छालामा निखार

कागतीमा भएको एन्टीअक्सिडेन्ट गुणले छालामा निखार ल्याउँछ । छालाका दागधब्बा सफा हुन्छन् ।

कागतीमा त्यस्तो के हुन्छ र फाइदा गर्छ ?

कागतीलाई क्याल्सियम, म्याग्नेसियम, पोटासियम, साइट्रिक एसिड र फस्फोरसको राम्रो स्रोत मानिएको छ । कागती पानी पिउने गरेमा शरीरमा खतरनाक ब्याक्टेरियाको विकास र वृद्धि रोक्न सहयोग पुग्छ । रुघाखोकीको उपचारमा कागती पानी उपयोगी हुन्छ । मस्तिष्कलाई पोषित गर्न र स्नायुकोषहरू स्वस्थ राख्न कागतीले सहयोग गर्छ ।

कागतीले घुँडा र जोर्नीहरूको पीडा कम गर्छ किनभने यसले युरिक एसिडलाई विघटित गरिदिन्छ । एन्जाइम प्रदान गरेर कागतीले कलेजोलाई स्वस्थ राख्छ । कागती पानीले कलेजोमा अक्सिजन र क्याल्सियमको मात्रा सन्तुलन गर्छ ।

हरेक दिन कागती पानी पिउने गरेमा मिर्गौलामा पत्थरी बन्न पाउँदैन र बनेको पत्थरीलाई विघटित पारेर बाहिर निकाल्न मद्दत पुग्छ । भिटामिन ‘सी’ अधिक भएकाले कागतीबाट हाम्रो शरीरको प्रतिरक्षा प्रणाली सबल हुन्छ ।

कागती पानी पिउने गरेमा शरीरमा अम्ल र क्षारबीचको सन्तुलन बनाउन मद्दत पुग्छ । पेक्टिन फाइबर हुने भएकाले आन्द्राको कोलोनलाई स्वस्थ राख्न कागतीले शक्तिशाली एन्टिब्याक्टेरियल गुण देखाउँछ । बिहान खाली पेटमा कागती पानी पिएमा शरीरबाट विषालु पदार्थ निष्काशनमा सहयोग पुग्छ । कागती पानीले पाचनमा सहयोग पुग्छ । एजेन्सीको सहयोगमा

प्रतिक्रिया दिनुहोस