बुवाआमा, सर्वस्व गुमाएर पाएको पिआरले म के गरू ? अतिनै मर्मस्पर्शी लेख

फर्कदा ‘लुक्स’ तिल चामल भइसकेको थियो। १८ वर्ष छोटो अवधि होइन। जाँदा झोला दुई वटा थिए, फर्कदा एउटा मात्र। जाँदा सपरि`वार बिदा गर्न आएका थिए। फर्कदा बिरानो झै लाग्ने शहरले नचिने झैं गरिरहेको थियो। त्यतिबेला मेरो मनो`दशा दोस्रो विश्व`यु`द्धपछि जर्मन फौजको सिपा`ही मस्कोबाट बर्लिन फर्केको जस्तो थियो।संसार जित्न हिँडेको म सबैथोक हारेर आफ्नै ‘बलिर्न’ फर्कदै थिएँ। जुनसुकै यु`द्धमा होस् जीवन हार्नेहरुले सम्मानित स्थान पाउँछन् तर जीवनमा हा`र्नेहरुलाई सहिदको सम्मान प्राप्त गर्ने सौभाग्य हुँदैन। मैले त्यसदिन आफूलाई जर्मन सिपा`ही जस्तै अभागी अनु|भव गरेँ।

हामी दुई दाजुभाइ थियौ। तर, दाइलाई मैले आउँदै छु भनेर खबर गरेको थिइनँ।।हाम्रो कुराकानी नभएको वर्षौं भइसकेको थियो। दाइको घरको मूलगेटको घण्टी बजाउनु केहीबेर अघिसम्म पनि हाम्रो अंशबण्डा नभएको तर्क अथवा इगोबाहेक उसलाई भेट्ने भावनात्मक उत्सुकता र प्रेम थिएन।
१८ वर्षको वनबासपछि पनि हाम्रो पुनर्मिलन राम र भरतको जस्तो नहुने निश्चित नै थियो। संवेदना र भावनालाई जोगाउन नसकेकोमा आफै देखेर आफै अचम्भित भएँ।घण्टी बजाएको एकछिनमा ढोका खोल्न एउटी महिला आइन्। ढोका आधा खोलेर चियाइन्। दाइकी श्रीमती होलिन्– भाउजू!
उनीहरुप्रति मनमा सम्मान बाँकि थिएन। त्यसैले शिष्टाचारको औपचारिकता पूरा नगरी सोधें–राम छ?
‘तपाईं को?’ उनले पनि ठाडै सोधिन्।
‘भाइ’, मैले आवश्यकता भन्दा एक शब्द पनि बढी बोलिनँ।
‘को भाइ?’, उनले फेरि सोधिन्।

उनीहरूको जीवनमा मेरो प्रसंग उठ्न छोडेको धेरै भइसकेको थियो। त्यसैले उनले आफ्नो लोग्नेको कुनै भाइ पनि रहेको तितो सत्य बिसिर्सकेकी थिइन्। मैले नाता प्रमाण सहितको जवाफ फर्काए–रामकृष्ण अधिकारीको कान्छो भाइ म मदन अधिकारी।उनले चिनिन्। मेरो आगमनले भएको नोक्सान उनका आँखामा स्पष्ट देखिन्थ्यो। सम्बन्ध दोहोरो नै हुन्छ उनको पनि मप्रति सम्मान र स्नेह थिएन। त्यसैले मेरो आगमनले आफू खुसी भएको देखाउने असफल प्रयास उनले पनि गरिनन्। एकछिन हेरेर ढोका खोल्दै भनिन्–आउनुस्।‘ऊ त्यहाँ होइसिन्छ।’ भित्र पुगेपछि अर्को कोठा देखाउँदै उनले रामको ठेगाना बताइदिइन्। ऊ एक्लै थियो। केही पिइरहेको। १८ वर्षपछि दाजुभाइको भेट भएको थियो।

प्रतिक्रिया दिनुहोस