बच्चाहरूलाई यस्तो खाना खुवाउनुस्, भन्नेछन् अरु पनि खाने

बच्चाहरूलाई खाना खुवाउन महाभारतै हुन्छ । उनीहरू सागपात र स्वस्थ खानेकुरा प्रायः खान मान्दैनन् अनि भोक लाग्या छैन भनिदिन्छन्। बच्चाले यसो गर्दा आमालाई हैरानै हुन्छ।

बढ्दो उमेरका
बच्चाहरूलाई पूर्ण पोषणका लागि फल, सागपात र सन्तुलित भोजन दिनु जरूरी हुन्छ । यहाँ दिइएका टिप्स अपनाएर बच्चाको भोक बढाउनुस्।घरको खाना
बजारको खानेकुराले बच्चाको स्वास्थ्यमा खराब असर पार्छ किनकि त्यसमा हाईजीनमा ध्यान दिइएको हुँदैन। बच्चालाई शुरुदेखि नै घरमा बनेको खाना खाने बानी बसाल्नुस्। उनीहरूलाई फ्रुट सलाद खान दिनुस् । त्यसमा चाट मसला हालेर स्वाद बढाउन सकिन्छ।

सागपातको स्न्याक्स
बच्चाहरूलाई गाजर, मटर र पालुंगोको स्न्याक बनाएर खुवाउनुस् । हरियो सागपातको कटलेट बनाएर खुवाउन सक्नुहुन्छ। मिक्स भेज सूप पनि समय समयमा पियाउनुस्।

जंक फूडसँग रोटी
बच्चाहरू पिज्जा, बर्गर र नूडल खान मन पराउँछन्। त्यसमा तपाईंले पोषक कुरा मिसाउन सक्नुहुन्छ। पिज्जाको बेसमा होल ग्रेन आँटा प्रयोग गर्नुस् । अनि नूडलमा तरकारी हालेर रोटीमा बेरेर बच्चाहरूलाई खुवाउन सक्नुहुन्छ।

अध्ययनले भन्छ, दैनिक १० मिनेट हाँस्नुहोस, विरामी हुनुपर्दैन्
लाफ्टर इज द बेस्ट मेडिसिन ।’ अर्थात् हाँसो नै सबैभन्दा ठूलो ओखति हो । यो यस्तो औषधि हो जसका लागि कुनै पैसा तिर्नुपर्दैन ।वास्तवमा हाँस्नका लागि कुनै विशेष कारण र स्थान चाहिँदैन । यत्तिकै हाँस्न सकिन्छ । यो सोचेर नहिच्किचाउनुस कि मानिसहरुले पागल भन्नेछन् । भन्नेहरु भन्दै गर्छन्, तपाईं हाँस्दै गर्नुहोस् । किनकी आफ्नो स्वास्थ्यको सवाल छ ।

अलिकति मुस्कुराउँदा तपाईंको तस्वीर सुन्दर देखिन्छ, भने सोच्नुस कि खुलेर हाँस्दा कति फाइदा होला । हाँसो सबैभन्दा ठूलो औषधि हो भन्ने भनाई सोह्रै आना सही छ । हाँस्दा हाम्रो स्वास्थ्य मात्रै होइन अनुहार पनि राम्रो हुन्छ । हाँसोले हाम्रो शरीरको मांसपेशीहरु, आँखा तथा अन्तरहृदयलाई आराम दिन्छ । यहाँ नियमित १० मिनेट हाँस्दा स्वास्थ्यलाई हुने विभिन्न १० फाइदाहरु उल्लेख गरिएको छ ।

प्रतिक्रिया दिनुहोस