“यी हुन सुन्दरता बिगार्ने ४ बानी “

१.तातो पानीले धेरै बेर नुहाउनु तातो पानीले धेरै बेर नुहायो भने छालामा हुने फ्याट्टी एसिड, सेरामाइड्सजस्ता तत्व नष्ट हुन्छ र यसले छालालाई रुखो, सुका र फुस्रो बनाउँछ । त्यसैले तातो पानीले १० अथवा १५ मिनेटभन्दा बढी नुहाउनु हुँदैन ।

२.सुगन्धित साबुनले नुहाउनु
साबुनले मुख धुनाले मुखमा भएको म्वइस्चराइजर कम हुन्छ र अनुहार फुस्रो बन्छ । जीउमा दल्न पनि तेलमिश्रित साबुन, बडीवास अथवा सुगन्ध नमिसाइएको साबनु छान्नुपर्छ ।

३.नुहाएपछि तौलियाले बेस्कन पुछ्नु
नुहाएपछि हामी कपाल र शरीरलाई तौलियाले बेस्कन पुछ्ने गर्छाैं । यसो गर्दा छाला रगडिने, यसको म्वइस्चराइजर उड्ने गर्छ । नुहाएपछि जोडले कपाल पुछ्यो भने कपाल झर्ने गर्छ । त्यही भएर नुहाएपछि तौलियाले बिस्तारै पुछेर शरीरलाई ओभानो बनाउनुपर्छ ।

४.जाडोमा सन्सक्रिम नलगाउनु
जाडोमा घामले त्यति नपोल्ने भएकाले हामी गर्मीमा मात्र अनुहारमा सनस्क्रिन क्रिम लगाउने गर्छौं । तर, छालालाई हानि पु¥याउने विकिरण सूर्यले वर्षभरि नै फाल्ने भएकाले जाडोमा सनस्क्रिन क्रिम लगाइएन भने अनुहार, घाँटी, गर्धन र हातको छाला बिग्रिन सक्छ ।
स्रोत

प्रतिक्रिया दिनुहोस