घिउकुमारीले फाइदा मात्र होइन यति धेरै नुकसान पनि गर्छ घिउ कुमारी प्रयोग गर्नु हुन्छ भने आजै होसियार बनौ ।

यस्तो गर्नुभयो भने घिउकुमारीले गर्छ यति धेरै नु”कसान घिउ कुमारी प्रयोग गर्नु हुन्छ भने आजै होसियार बनौ ।

प्रयोग गर्न नजान्दा घिउ कुमारी ले फाइदा मात्रै होइन धेरै बेफाइदा पनि गर्छ

यदि हामीले सधैं घिउ कुमारी का फाइदाको बारेमा सधैं जान्ने गर्छौं र धेरैलाई यसको फाइदाको बारेमा थाहा पनि हुन सक्छ तर के तपाईंलाई घिउ कुमारी ले जति फाइदा गर्छ त्यति नै नु”कसान पनि गर्छ आज हामी यही विषयमा चर्चा गर्नेछौं ।

घिउकुमारी, स्वास्थ्य र सौन्दर्य दुबैको लागि अति उपयोगी बनस्पती हो चाहे पेट होस् वा अनुहारको दाग सफा गर्न नै घिउकुमारी उपयोगी मानिन्छ । त्यसो त कतिपय रोगमा समेत यसले औषधीको काम गर्छ । अक्सर हामीले सुन्दै आएका छौ, घिउकुमारीको फाइदा । तर, यसको बेफाइदा पनि छन् ।

अब जानौं त्यसको बेफाइदाहरु ।

१. औषधीको कम असर : यदि कुनै औषधी सेवन गरिरहनु भएको छ भने चिकित्सकको सल्लाह बिना घिउकुमारी सेवन गर्नु हुँदैन । किनभने घिउकुमारीमा लेक्सेटिव नामक एक तत्व हुन्छ । यो तत्वले औषधीलाई शरीरमा अवशोषित हुनबाट रोक्छ । त्यसैले कुनै औषधी सेवन गरिरहनु भएको र घिउकुमारीको जुस पनि सेवन गरिरहनु भएको छ भने त्यस्तो अवस्थामा औषधी प्रभावहिन हुनसक्छ ।

२. पखला लाग्छ : यदि घिउकुमारी अधिक मात्रामा सेवन गरियो भने पखला लाग्छ । किनभने यसमा एन्थ्राक्विनोन र लेक्सेटिव जस्ता तत्व हुन्छ । यहि कारण घिउकुमारीको अधिक सेवनले पखला लाग्न सक्छ ।

३. पोटाशियमको स्तर कम हुन्छ : यदि तपाई घिउकुमारलाई गलत ढंगले प्रयोग गरिरहनुभएको छ भने त्यो हानिकारक हुनसक्छ । यसलाई गलत ढंगले सेवन गर्दा पोटेशियमको स्तर कम हुन्छ ।

४. गर्भपात हुनसक्छ : जो महिला गर्भवती छन् उनीहरुले घिउकुमारी सेवन गर्नु हुँदैन । किनभने यसको अधिक सेवनले गर्भपात हुन सक्छ । यसा साथै गर्भको बच्चालाई पनि असर गर्नसक्छ । १२ बर्षभन्दा कम उमेरका बच्चालाई घिउकुमारी दिनुहुँदैन ।

प्रतिक्रिया दिनुहोस