खाली पेटमा कहिल्यै नखानोस् यस्ता खानेकुरा!!आफ्नो स्वस्त्य राम्रो पार्नुस !

काठमाडौं – खानपानको तौरतरिका तथा समय मिलाउदा शरीर स्वस्थ हुन्छ । सामान्यतयाः फलफूल भनेर हामि जुन बेला पनि खान तयार हुन्छौ । तर हाम्रो त्यस्तो सोचाईं गलत हो । जानकारहरूका अनुसार यी खानेकुरा खाली पेट खानुहुँदैन ।

केरा : पौष्टिक आहार भरिपूर्ण फल मानिन्छ केरा । यसमा आइरन र पोटासियमको मात्रा बढी हुन्छ । बिहान खाली पेट खायो भने यो खतरनाक पनि हुन सक्छ ।चिकित्सकका अनुसार विशेषगरी माइग्रेन र एसिडिटीका बिरामीले केरा खाली पेट खानु हुँदैन । किनकी खाली पेट केरा खाँदा एसिडिटी बढाउँछ ।

अमिला फलफूल : अमिला फलफूलमा अधिकांशको रुची हुन्छ । तीमध्ये सुन्तला त धेरैको प्रीय नै मानिन्छ । तर यही सुन्तला खाली पेट खायो भने मानव शरीरका लागि विष बन्न सक्छ । त्यसकारण अमिलो फलफूल खाली पेट खानुको सट्टा नास्ता गरेर खानु उपयुक्त हुने जानकार बताउँछन् ।दही : पेटका लागि निकै उपयोगी खानेकुरा हो दही । गर्मी मौसममा त यो निकै फाइदाजनक हुन्छ । खाली पेट दही खायो भने यसको पौष्टिक तत्व शरीरले पाउँदैन । एसिडिटी उत्पन्न हुन्छ ।

चिया वा कफी : चिया कफी पिउनु नेपाली संस्कृति नै बनेको छ । त्यससँगै निद्रा हटाउन पनि मानिसहरूले प्रायः चिया वा कफी पिउने गरेको पाइएको छ ।यसले शरीरलाई रिलाक्स अनुभव गराउँछ । खाली पेट चिया वा कफी पिउँदा शरीरलाई फाइदा होइन, नोक्सान गराउँछ ।खाली पेट चिया वा कफी पिउँदा शरीरमा एसिडिटीको मात्रा बढाउने चिकित्सकहरू बताउँछन् । चिया–कफीमा भएको कैफिन वा निकोटिनबाट एसिड बन्छ। यसले पाचन प्रणालीमा नै असर पुर्‍याउँछ।

प्रतिक्रिया दिनुहोस