कुन राशिका व्यक्ति कुन भगवानको प्रिय ? जान्नुहोस्

काठमाडौँ । सबै जसो मानिसहरुको मनमा कुन देवीदेवताको पूजा गर्नु फलदायी रहन्छ भन्ने प्रश्न आउने गर्छ । ज्योतिषका अनुसार फरक फरक राशिको फरक फरक देवता हुने गर्छन।

राशिअनुसार देवताको पूजा गर्नाले लाभ हुनेगर्छ। प्रत्येक देवी देवता कुनै न कुनै ग्रहसाग सम्बन्धित हुन्छ । यस्तामा यदि कुनै देवी देवता मानिसको कुण्डलीको ग्रह स्थितिसाग मेल खादैन भने ति मानिसलाई पूजा पाठबाट अनुकूल परिणम मिल्दैन ।

मान्यताका अनुसार आफ्नो कुण्डलीको ग्रह स्थितिको अनुसार नै देवी देवता छान्नु राम्रो हुने गर्दछ । कुण्डली अनूकुल देवी देवता जान्को लागी जातकको कुण्डलीका प्रथम भाव,पंचम भाव र नवम भावबाट छान्न उत्तम हुने गर्छ ।

मेष लग्न : यस लग्नको प्रथम भावमा मेष राशि ,पंचम भावमा सिंह राशि वा नवमा धनु राशि हुने गर्दछ । यी जातकको लागि हनुमान जी ,सुर्य देव,श्री राम व भगवान विष्णु भगवानको पुजा गर्नु उत्तम फलदायक हुन्छ ।

वृष लग्न : यो लग्नको प्रथम भावमा वृष राशि,पंचम भावमा कन्या राशि वा नवम भावमा मकर राशि हुने गर्दछ । यी जातको लागि हनुमान लक्ष्मी,गणेश वा माता दुर्गा भगवानको उपासना उत्तम र फलदायक हुन्छ ।

मिथुन लग्नः यस लग्नको प्रथम भावमा मिथुन राशि ,पंचम भावमा तुला राशि नवम भावमा मीन राशि हुने गर्दछ । यी राशि जातको लागि शिव ,हनुमान तथा विष्णु भगवानको उपासना उत्तम र फलदायक हुन्छ ।

कर्कट लग्नः यस लग्नको प्रथम भावमा कर्कट राशि ,पंचम भावमा वृश्चिक राशि वा नवम भावमा मीन राशि हुने गर्दछ । यी राशि जातको लागि शिव ,हनुमान तथा विष्णु भगवानको उपासना उत्तम र फलदायक हुन्छ ।

कन्या लग्न : यस लग्नको प्रथम भावमा कन्या राशि पंचम भावमा मकर राशि वा नवम भावमा वृष राशि हुने गर्दछ । यी जातको लागि गणेश,माता दुर्गा तथा लक्ष्मी भगवानको उपासना उत्तम फलदायक हुन्छ ।

तुला लग्न : यस लग्नको प्रथम भावमा तुला राशि ,पंचमा भावमा कुम्भ राशि वा नवम भावमा मिथुन राशि हुने गर्दछ । यी जातको लागि लक्ष्मी काली दुर्गा वा गणेश भगवानको उपासना उत्तम र फलदायक हुन्छ ।

वृश्चिक लग्न : यस लग्नको प्रथम भावमा वुश्चिक राशि ,पंचमा भावमा मीन राशि वा नवम भावमा कर्कट राशि हुने गर्दछ । यी जातको लागि हनुमान, विष्णु तथा शिव भगवानको उपासना उत्तम र फलदायक हुन्छ ।

धनु लग्न : यस लग्नको प्रथम भावमा धनु राशि,पंचमा भावमा मेष राशि वा नवम भावमा सिंह राशि हुने गर्दछ । यी जातको लागि हनुमान, विष्णु सूर्य वा श्री रामको उपासना उत्तम र फलदायक हुन्छ ।

मकर लग्न : यस लग्नको प्रथम भावमा मकर राशि,पंचमा भावमा वृष राशि वा नवम भावमा कन्या राशि हुने गर्दछ । यी जातको लागि शनि देव,हनुमान,माता दुर्गा लक्ष्मी वा गणेशश उपासना उत्तम र फलदायक हुन्छ।

कुम्भ लग्न : यस लग्नको प्रथम भावमा कुम्भ राशि,पंचमा भावमा मिथुन राशि वा नवम भावमा तुला राशि हुने गर्दछ । यी जातको लागि शनि देव,माता काली गणेश ,माता दुर्गा तथा माता लक्ष्मीको उपासना उत्तम र फलदायक हुन्छ।

मीन लग्न : यस लग्नको प्रथम भावमा वुष राशि ,पंचमा भावमा कन्या राशि वा नवम भावमा मकर राशि हुने गर्दछ । यी जातको लागि माता लक्ष्मी गणेश वा माता दुर्गाको उपासना उत्तम र फलदायक हुन्छ।

प्रतिक्रिया दिनुहोस