पटक-पटक टन्सिलको समस्या देखिन्छ ? सामान्य नसोच्नुहोस्, बिगार्न सक्छ मुटु

काठमाडौँ । मौसम परिवतनसँगै विभिन्न किसिमका संक्रमणले आक्रमण गर्ने गर्छ। संक्रमणका कारण शरीरमा दैनिक समस्या आउँछ। जसले शरीरमा समस्या उत्पन्न भई दैनिक कार्य संचालनमा समेत बाधा निम्त्याउँछ।

टन्सिलाइटिस पनि एक प्रकारको संक्रमण हो। जुन हाम्रो घाँटीमा हुने गर्दछ । प्राय गरी टन्सिलाइटिस विभिन्न किसिमका किटाणु तथा जीवाणुहरुको संक्रमणले हुने ग्राण्डी अस्पतालका नाक कान घाँटी रोग विशेषज्ञ डा। आन्नद घिमिरे बताउँछन्।

टन्सिलाइटिस भएपछि घाँटी सुन्निने र दुख्ने गर्छ। यसले गर्दा खान पिउन गाह्रो हुन्छ र बोल्न पनि सहज हुँदैन। यसको जटिल पक्ष भनेको धेरै पटक सम्म टन्सिलाइटिस भयो भने मुटुको भल्व नै बिग्रने सम्भावना बढेर जाने भएकोले समयमै उपचार गर्न र सावधानी अपाउन डाक्टर घिमिरेको सुझाव छ।

टन्सिलले हाम्रो शरीरको रोग प्रतिरोधात्मक प्रणालीमा महत्वपूर्ण भूमिका निभाउने गर्दछ। टन्सिलबाट लिम्फोसाइट र मोनोसाइट नामक दुई कोषको निर्माण हुन्छ जुन हाम्रो रोग प्रतिरोधात्मक क्षमताको महत्वपूर्ण अंश हो।

यसका साथै टन्सिलले म्याक्रोकाज नामको कोष पनि निर्माण गर्दछ । यो कोषले शरीरभित्र प्रवेश गरेका जीवाणुलाई नष्ट गरेर हामीलाई रोग लाग्नबाट बचाउँछ।

कान दुख्ने, टाउको दुख्ने, सम्पूर्ण शरीर गलेको र दुखेको अनुभव हुनु, कब्जियत र पेट दुख्ने समस्या पनि तीव्र टन्सिलाइटिसमा देखा पर्न सक्छन्।

मुखभित्र हेर्दा टन्सिलहरु सुन्निएका र रातो हुन्छ। कहिलेकाहीँ यी दुई टन्सिल बढेर झण्डै एक अर्कासँग जोडिन पुग्छ। जिर्ण तथा गम्भीर टन्सिललाइटिसमा समय समयमा घाँटी दुखिरहने, घाँटीमा केही अड्केको जस्तो अनुभव भइरहने, मुख मीठो नहुँने र स्वास गन्हाउने जस्ता लक्षण देखिन सक्छन् ।

लक्षणहरु

सुरुमा बिरामीलाइ घाँटीमा अप्ठ्यारो हुने।

बिस्तारै ज्वरो आउने ।

थुक निल्न नमिल्ने ।

खान पिउन अपठ्यारो हुने ।

टन्सिलहरु सुन्निएको र रातो रातो देखीने ।

पिप बग्ने वा लिम्फमा तन्तुहरु सुन्निने र कडा हुने ।

टन्सिल भएपछि बच्चाहरुमा कान पाक्न सक्ने ।

घाँटीबाट संक्रमण कानको नलीमा सर्न सक्छ ।

यो पनि पढ्नुहोस
टिनेजमै देखिनसक्छ पाठेघर क्यान्सरको समस्या, शरीरले दिने यी संकेतलाई…

उच्च कोलेस्ट्रोलका कारण हुन्छ हृदयघात, यस्ता पूर्व संकेतबारे बेलैमा…

टन्सिलाइटिसलाई राम्रोसँग उपचार नगरेमा दीर्घ प्रकृतिको रोगमा परिवर्तन हुन्छ ।

बारम्बार घाँटीको संक्रमण भैराखेमा लिम्फोइड तन्तुमा सुक्ष्म पीपहरु बग्न थाल्छ ।

नाक र साइनसको बराबर संक्रमण भएमा टन्सिलमा असर पर्छ, नाकको सिँगान वा अन्य रस अगाडि निस्कनको सट्टा पछाडिपट्टि बगेमा पनि यो हुनसक्छ ।

टन्सिलको उपचार कसरी गर्ने ?

बिरामीले आराम गर्नुपर्छ र प्रशस्त झोल कुराहरु खानु पर्छ ।

चिसो पानी पिउनु हुँदैन ।

भिटामिन बि युक्त खानेकुरा खानुपर्छ ।

चिकित्सकको सल्लाह अनुसार औषधि सेवन गर्नुपर्छ ।

टन्सिलको अवस्था हेरी एन्टिवायोटिक समेत खानुपर्ने हुन्छ ।

रोकथाम तथा घरेलु उपचार

दैनिक रुपमा मनतातो पानीमा थोरै नुन मिसाएर मुख कुल्ला गर्ने ।

तातो पानीको बाफ लिने।

मह मिसाएको मनतातो पानी तथा अन्य झोलीलो पदार्थ पर्याप्त सेवन गर्ने।

घाँटीलाई असर पार्ने तत्वहरू जस्तै: धुवाँ, रसायन वा धुलो आदिबाट जोगिने।

घरबाहिर निस्कँदा न्यानो कपडाले घाँटीलाई ढाक्ने र नियमित माक्सको प्रयोग गर्ने जसले धुलो, धुवाँको एलर्जीबाट जोगाउने गर्दछ।

चिसो र फ्रिजमा राखेका खानेकुराका साथै चिल्लोयुक्त खाने कुराहरु कम खाने गर्नु गर्दछ।

प्रतिक्रिया दिनुहोस