इतिहासमा पहिलो पटक यति धेरैले घ’ट्यो सुनको भाउ , तोलाको कतिमा झ’र्यो ?

साताको अन्तिम कारोबार दिन शुक्रबार सुनचाँदीको मूल्य ह्वातै घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला अधिकतम १५ सय रुपैयाँले घट्दै ९३ हजार ४०० रुपैयाँ कायम भएको छ ।
गत बिहीबार सुन प्रतितोला अधिकतम ९४ हजार ९०० रुपैयाँमा कारोबार भएको थियो ।

महासंघका अनुसार आज यता चाँदीको मूल्यमा समेत अधिकतम ३५ रुपैयाँले गिरावट आएको छ । गत बिहीबार बजारमा प्रतितोला एक हजार ३७५ रुपैयाँमा कारोबार भएको चाँदी आज शुक्रबार एक हजार ३४० रुपैयाँमा झरेको हो ।

कोरोनाको लक्षण मात्र देखिन थालेपछि यी खानेकुराहरु भुलेर पनि नखानुहोस्
काठमाडौ । अहिले विश्वव्यापी कोरोना भाइरस (कोभिड–१९) संक्रमणको त्रास बढेको छ ।यो समय खानेकुराहरुमा विशेष ध्यान दिन जरुरी छ । जुन खानेकुराले हाम्रो शरीरलाई बलियो बनाउन मद्धत गर्दछ भने रोग प्रतिरोधात्मक क्षमतालाई पनि कमजोर हुनबाट बचाउँछ त्यस्ता खानेकुराहरु मात्र खाने गर्नुपर्छ ।

कोरोना संक्रमित भएका व्यक्तिले निम्न खानेकुराहरुबाट टाढै बस्नु होला ।

१, मसालेदार खाना : कोरोना भाइरस (कोभिड–१९) संक्रमण लागेको व्यक्तिले धेरै मसालेदार खानाको सेवन गर्नु हुँदैन ।

थारै मसाला ठिक हुन्छ तर धेरै सेवन गर्नाले यसले नकरात्मकम रुप लिन सक्छ । कोरोना भाइरस (कोभिड–१९) संक्रमण लागेको व्यक्तिमा रोग प्रतिरोधात्मक क्षमतमको कमी भएको हुन्छ ।

त्यसैले मसालेदार खानाको सट्टा सादा र पोषिलो खानामा ध्यान दिन आवश्यक छ । खानामा खिचडीको प्रयोग पनि राम्रो मानिदै आएको छ । खानामा खिचडीको प्रयोग गर्दा खाना छिट्टै पच्छ र स्वास्थ्यका लागि पनि राम्रो हुन्छ ।

तारेको खानेकुराहरु : बनाउन सजिलो भएता पनि तारेको खानाले हाम्रो शरीरललाई भने फाइदा गर्दैन ।

तारेको खानामा अस्वस्थ बोसोको मात्रा बढी रहेको हुन्छ जसले गर्दा पच्न गाह्रो हुन्छ । तारेको तथा फ्राई गरिएको खानेकुराले शरीरको तौल बढ्ने गर्दा यसले अन्य रोगहरु पनि निम्त्याउने गर्छ ।

प्याक गरिएको खाना : कोरोना भाइरस (कोभिड–१९) संक्रमण संक्रमित भएका व्यक्तिले प्याक गरिएको खानाबाट टाढै बस्न आवश्यक हुन्छ ।

यो खानेकुरा बासी हुने भएकाले यस किसिमका खानेकुरामा शरीरलाई चाहिने पोषक तत्वकोे कमी हुन्छ ।

प्याक गरिको खानाभन्दा बढी फाइदा ताजा पकाइएका खानेकुरामा ताजा आफूलाई मन पर्ने किसिमले पकाएर खाने बानी बसालौ ।

यदि आफन्तलाई कोरोना भाइरस (कोभिड–१९) संक्रमण भई आईसोलेसनमा बसेको छ भने पनि ताजा र पोषिलो खानेकुराहरु खान दियौँ ।

चिसो पेय पदार्थ: कोरोना भाइरस (कोभिड–१९) संक्रमणले चिसो पेय पदार्थ तथा सोडा भएको पेय पदार्थको सेवन गर्नु राम्रो हुँदैन । कोरोना भाइरस (कोभिड–१९) संक्रमण संक्रमित व्यक्तिले भने तातो पानी, बेसार पानी, काँढा, कागती पानी जस्ता पदार्थको सेवन गर्नु नै राम्रो हुन्छ ।

कागती पानीले रोग प्रतिरोधात्मक क्षमता बढाउन मद्धत गर्दछ । दूध बेसार पाि राम्रो मानिदै आएको छ ।

प्रतिक्रिया दिनुहोस