कक्षा ११ मा पढ्ने युवकले प्रेम पत्र पठाएको आरोपमा युवकमाथि कुटपिट!!!!

युवतीलाई प्रेम पत्र पठाएको आरोपमा दुर्गा भगवती गाउँपालिका वडा नम्बर ५ का १९ वर्षीय युवकमाथि कुटपिट भएको हो।

यो घटना बिहीबारको हो।युवकलाई अर्का एक पुरूषले कुटपिट गरिरहेको भिडिओ भाइरल भएपछि यसबारे प्रहरीले सोधखोज गरेको थियो।जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी प्रमुख, प्रहरी उपरीक्षक शिद्धिविक्रम शाहले करिब ४५ वर्षका राजदेव गिरीले १९ वर्षका विकास पासवानलाई कुटपिट गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको सेतोपाटीलाई बताए।

पासवानमाथि लठ्ठीले पिँडुला, ढाडलगायतमा कुटपिट गर्दा गाउँलेहरू भने हेरिरहेका थिए।यो घटनाबारे बुझ्न प्रहरीले दुवै जनालाई कार्यालयमा बोलाएको छ।‘युवतीलाई प्रेमपत्र पठाएको विषयमा कुटपिट भएको भन्नेछ। हामी थप बुझ्दैछौं,’ उनले भने।पासवानले राजदेवकी छोरीलाई भने प्रेम पत्र पठाएका थिएनन्। ‘कुट्ने मान्छेकै छोरी होइन। अर्कैकी छोरीलाई पठाएको हो। अलि जान्नेमान्ने गाउँका नेता खालका मान्छे रहेछन्,’ उनले भने, ‘कुटपिटबाट युवकको शरीरमा निलडाम बसेको छ।’

प्रहरीले यस घटना सम्बन्धी थप अनुसन्धान गरिरहेको जनाएको छ।
घटना बिहीबारकै भए पनि प्रहरीले अझै घटना बाहिर ल्याएको छैन । दुर्गाभगवती–५ का वडाध्यक्ष धर्मनाथ चौधरीले ती युवकले स्थानीय यु’वती’लाई प्रेमपत्र लेखेपछि घटना भएको आफूले सुनेको बताए ।‘केटीलाई चिठीसिठी पठायो भन्ने कुरा सुन्नमा आएको छ, खास कुरा के हो मलाई पनि थाहा छैन’ उनले भने, ‘ब्यस्त भएकाले राम्रोसँग बुझ्न पाएको छैन ।’

प्रतिक्रिया दिनुहोस