गर्मीमा कोल्ड ड्रिङ्स होइन, यसरी बनाउनु पर्छ घरैमा त्यो भन्दा दामी सर्वत, तरिका सहित

जाडोको तुलनामा गर्मी याममा शरीरमा पानीको आवश्यक्ता बढी हुन्छ । गर्मीमा पसिना धेरै बग्छ । बाह्य वातावरण सुख्खा हुन्छ । त्यही कारणले पनि शरीरमा पानीको सन्तुलन मिलाउनु पर्ने हुन्छ । तर, हामी सादा पानी पिउन त्यती जाँगर देखाउँदैनौ, जति बजारमा पाइने कोल्ड ड्रिंक्स पिउन जाँगर चलाउँछौं ।

स्वादिलो र छरितो कोल्ड ड्रिंक्सले प्यास त मेटाउँछ, तर शरीरमा पानीको आवश्यक्ता पुरा गर्दैन । अझ बेफाइदा त के भने, कोल्ड ड्रिंक्स स्वास्थ्यका लागि लाभदायक हुन्न । त्यसैले गर्मीमा स्वाद पनि लिने, शरीरमा पानीको मात्रा पनि पुरा गर्ने विकल्प हो, सर्बत । घरेलु विधीबाट सजिलै तयार पार्न सकिने सर्बत स्वास्थ्यका लागि पनि सर्बोत्तम मानिन्छ ।

गर्मीबाट राहत दिनका लागि हामीलाई प्रकृतिले कागति दिएको छ । त्यस्तै यतिबेला पुदिना पनि पाइन्छ । कागती, पुदिना र अदुवाको सर्बत सजिलै बनाउन सकिन्छ, जो स्वादिलो हुनका साथै स्वस्थ्यबर्द्धक पनि । चिनी, बीरे नुन पनि यसमा मिश्रण गर्नुपर्छ । यद्यपी यसमा चिनी भन्दा मह वा सख्खरको प्रयोग गर्नु उत्तम हो ।

आवश्यक सामग्री : – कागती दाना मध्यम आकारको – पुदिनाको पात – अदुवा (लाम्चो काटिएको) – बीरे नुन – चिनी (मह वा सख्खर भए राम्रो)

कसरी बनाउने ? : १. चिनीलाई एक गहिरो भाँडामा राख्ने र त्यसमा एक तिहाई पानी मिसाउने । २. चिनीलाई घोलेर पकाउने । यो घोल औंलामा लिएर खेलाउँदा आपसमा टाँसिने हुनुपर्छ । अब उक्त घोललाई सेलाउन दिने । ३. कागती निचोरेर रस निकाल्ने । पुदिना र अदुवालाई मिक्सचरमा पिस्ने । तर, त्यसमा पानी नहाल्ने बरु चिनीको घोल थोरै मिसाइदिने ।

४. अब चिनीको घोलमा पुदिना र अदुवाको मिश्रण, कागतीको रस, बीरे नुन मिसाउने । त्यसलाई राम्ररी घोल्ने । (यसलाई माटोको भाँडोमा भण्डारण गरेर आवश्यक्ता अनुसार पानी मिसाएर पिउन सकिन्छ ।)

प्रतिक्रिया दिनुहोस