को-रोनाको तेस्रो र चौथो लहरको चेतावनी, बालबालिकाका लागि बेड छुट्याउन र अक्सिजनको व्यवस्थापन गर्न निर्देशन

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोनाको तेस्रो, चौथो लहर पनि आउन सक्ने भन्दै सबै अस्पतालहरुलाई बालबालिकाका लागि बेड छुट्याउन निर्देशन दिएको छ ।

स्वास्थ्य मन्त्रालयले सबै अस्पतालहरुलाई स्वीकृत शैयाको कम्तिमा २०% शैया कोभिड –१९ संक्रमित बालबालिकाको उपचारका लागि तयारी अवस्थामा राख्न निर्देशन दिएको हो ।

कोरोना महामारीको पहिलो र दोस्रो लहरमा प्रौढ र युवा बढी संक्रमित भएकाले नियन्त्रणको तयारी पनि प्रौढ र युवा लक्षित मात्र भएको भन्दै मन्त्रालयले अब तेस्रो, चौथो लहरमा बालबालिका बढी संक्रमित हुन सक्ने बताएको छ ।

मन्त्रालयले वैकल्पिक प्राणवायुको रुपमा रहेको अक्सिजनको व्यवस्थापन गर्नसमेत अस्पताललाई निर्देशन दिएको छ ।

अमेरिकाका बरिष्ठ डाक्टर टिकटकका भाइरल जोडी सन्तोषले चुपचाप ५० करोड बढीको सहयोग नेपाल पठाईसके

बालल जोशी । अमेरिकामा तीन प्रकारका ‘समाजसेवी’ छन्।पहिलो: आफू सिन्को नभाँच्ने तर अरूले गरेको कामलाई आफूले नै गरे जस्तो गरेर दुनियाँलाई झुक्याईरहने। यो वर्गका सेवकहरू आसन र भाषणमा बढी निर्लिप्त हुन्छन्। यिनीहरू पद पाउन जुनसुकै हदसम्म पनि जान्छन्। यिनीहरूलाई लाग्छ कि सेवा गर्न पद नै चाहिन्छ।

दोस्रो: सानो काम गर्ने तर फेसबुक र अनलाइन मिडियाहरूमा के- के न गरेको जस्तो भ्रम पारेर हल्ला फिँजाईरहने। यो वर्गकालाई झुटो नै सही, तर वाह-वाही अति आवश्यक हुन्छ। आफैंलाई पढ्न लाज लाग्नेगरी आफ्नै तारिफ लेख्न लगाएर समाचारमा यो वर्गका सेवकहरू भद्दा प्रचारमा आउन मन पराइरहन्छन्। यिनीहरूलाई लाग्छ कि, ‘स्वप्रचार’ नै जीवनको सबैथोक हो।

तेस्रो: यो वर्गका समाजसेवकहरु काममा विश्वास गर्छन्। आसन, भाषण र झुटा आश्वासनबाट यिनी चार कोष टाढा बस्छन्। सस्तो प्रचारलाई ‘इग्नोर’ गर्दै चुपचाप काम गरिरहने। न त प्रचारको मोह, न त पदको लोभ। न त खादा मालाको रहर, न त तक्माको तृष्णा। पर्दा पछाडि बसेर काम गर्नमै सन्तोष मान्ने यो वर्गका एक चरित्रको नाम हो सन्तोष सापकोटा।

अमेरिकाको एरिजोना राज्यमा बस्ने सन्तोष धेरै हल्ला नगरी आफ्नै ढङ्गले चुपचाप नेपालका लागि सहयोग बटुलीरहन्छन्। विगत ६ वर्षमा मात्र सन्तोषको संलग्नतामा करीब ५० करोडभन्दा बढीको सहयोग नेपाल पठाई सकिएको छ। ‘नेपालमा रहेका कसै एकको जीवनमा थोरै मात्र प्रभाव पार्न सकिए जीवन सार्थक झैँ लाग्छ,’ आफ्नो लगावलाई सरल तरिकाले उनी व्याख्या गर्छन्।

नेपालको तत्कालीन कास्की जिल्लास्थित तारकांगमा बाल्यकाल बिताएका सापकोटाको समाजसेवाको यात्रा उनी माध्यमिक स्तरमा पढ्दादेखि भएको हो।

आफ्नै विद्यालयका दृष्टिविहीन विद्यार्थीको वार्षिक परीक्षामा सन्तोषले लामो समयसम्म सहयोग गरे। ‘त्यतिबेला दृष्टिविहीन विद्यार्थीका लागि उनीहरूले मौखिकरुपमा उत्तर दिए पनि कसैले उत्तर लेखिदिनु पर्थ्यो। मैले त्यो काम लामो समयसम्म गरेँ, सेतोपाटीको एक भेटमा सन्तोषले विगत सम्झिए।

अस्पतालमा रगतको अभावमा छटपटिएका बिरामी र उनीहरूका परिवारलाई सहयोग गर्न सन्तोषले ‘मोबाइल ब्लड डोनर लिस्ट’ तयार गरे। बिरामीको आवश्यकता अनुसार ‘म्याचिङ डोनर’ को खोजी गरी कसैको ज्यान जोगाउने यो अभियानले सन्तोषलाई जीवनभरिको सन्तोष दिएको छ।

‘कति बिरामीलाई सहयोग गरियो भनेर हिसाब त राखिएन तर सङ्कटमा भएकाहरूको बेला समाधान बनियो,’ भनेर भनिरहँदा सन्तोषको आत्मसन्तुष्टि मुहारभरि प्रस्ट देखिन्छ।

सेवामै जीवन बिताउने लक्ष्य बनाएका सन्तोषले आफ्नो उच्च अध्ययन पनि त्यस्तै रोजे। मणिपाल कलेज अफ मेडिसिनबाट एमबिबिएस सकाएर स्थानीय अस्पतालमा कार्यरत रहँदै, समयले अमेरिका ल्याईपुर्‍याएका सन्तोषको जीवनले नयाँ गोरेटो समात्यो।

अमेरिकामा आएर मेडिसिनमै उच्च अध्ययन गर्ने योजना बनाएका उनको योजनाले तब रूप बदल्यो जब उनलाई स्वास्थ्य क्षेत्रसँग जोडिएको सूचना विज्ञान सम्बन्धित अध्ययनले बढी आकर्षित गर्‍यो। हाल उनी युनिभर्सिटी अफ एरिजोना अन्तर्गतको कलेज अफ मेडिसिनमा सहायक प्राध्यापकका रूपमा कार्यरत छन्। यस अलावा, सन्तोष एक ‘हेल्थ इन्फर्मेशन टेक्नोलोजी डिपार्टमेन्ट’ मा विज्ञको रूपमा काम गर्छन्।

स्थायीरूपमा अमेरिका छिरेको सात वर्षपछि सन्तोषको सेवा भाव पुनः फुटेर आयो। जब सन् २०१५ को अप्रिल महिनामा नेपालमा महाभूकम्पले जीवन तह-नहस बनायो।

नेपालमा रहेका बा-आमा अनि आफन्तजनहरू जीवित रहेको वा नरहेको थाह भएन। मनमा अनेक डर र शङ्काले खेलिरह्यो। त्यो त्रासदीपूर्ण अन्योलले सन्तोषमा एक प्रणको जन्म दियो- ‘यदि मेरा परिवारहरू जीवित छन् भने म मेरो बाँकी जीवन अरूको मद्दतमा बिताउने छु’ त्यो कालो कहालीलाग्दो क्षण सन्तोषले सम्झिए।

नभन्दै, उनको प्रण सायद दैवले सुनेछ। सन्तोषका सबै नजिकका परिवारहरू कुशल भएको खबर आयो। त्यसको लगत्तै उनी आफू नै कार्य समिति सदस्य रहेको संस्था ‘अमेरिका नेपाल मेडिकल फाउन्डेसन’ को नाममा नेपालका लागि सहयोग माग्ने क्रम सुरु भयो। र, त्यो क्रम आजसम्म जारी छ।

अमेरिका नेपाल मेडिकल फाउन्डेसनको कार्य समिति सदस्यदेखि दुई पटक सभापतिको पदमा कार्यरत रहेका सन्तोषको पहलमा नेपालका विभिन्न स्वास्थ्य चौकीको निमार्ण/पुनर्निर्माण, जिल्ला अस्पतालको सहयोग र सातै क्षेत्रहरूमा अक्सिजन प्लान्ट स्थापना गर्ने कार्यको समेत सुरुवात भयो।

प्रतिक्रिया दिनुहोस