दुबी, कब्जियत, अल्सर निको पार्ने आँकका अनेकन फाइदा

आँक खासगरी नेपालको तराई र भित्री मधेश अर्थात उष्ण क्षेत्रको एक हजार मिटरसम्मको खुला ठाउँमा प्राकृतिक रूपले हुर्केने एक प्रकारको वनस्पति हो। यो वनस्पति नेपालभरी पाइएता पनि खासगरी यो पूर्वाञ्चल मध्यमाञ्चल र पश्चिमाञ्चल क्षेत्रका प्रशस्त घामलाग्ने ठाउँहरूमा पाइन्छ। त्यस्ता ठाउँहरुमा विशेषगरी यो राजमार्ग, बगर तथा बाटो छेउछाउ, बाँझो, पर्ती जग्गा एवं सुक्खा बारीहरूमा हुर्कने गरेको पाइन्छ।

आँकलाई संस्कृत भाषामा अर्क, रुद्र तथा मन्दारको नामले चिनिन्छ भने यसले धिमालहरूले आपाङ्गी, नेवारहरूले मन्दार भन्ने गर्छन्। त्यसैगरी, यसलाई , जापानीजहरूले आकोन नामले चिन्दछन्। त्यस्तै हिन्दी र मैथिली भाषामा यसलाई आँक नै भनिन्छ। आँकलाई अङ्ग्रेजीमा जायन्ट मिल्क विड तथा क्राउन प्लान्ट आदि नामले चिनिन्छ।

आँकको उपयोग

यसको पात, डाँठ र जरामा कीटनाशक, आन्तरिक बिष र प्रतिकारक पदार्थहरू पाइन्छन्। आँकको बोटको सम्पूर्ण भागलाई धूलो पारी एसिटोनसँग मिसाई त्यसबाट निस्केको रसले उपचार गरेको अनाजलाई धानमा लाग्ने घुनको आक्रमणबाट बचाउँछ।

आँकको पातको धूलो वा झोलले घरको झिंगा, लामखुट्टेका लार्भा र वनस्पतिका पात खाने धेरै थरीका लाभ्रेहरूको पनि नियन्त्रण हुने बताईएको छ। भारतमा पनि यो वनस्पतिलाई विभिन्न थरीका कीराहरूको नियन्त्रण गर्न प्रयोग गरिन्छ। आँकले सलह र धमिराहरूलाई पनि नियन्त्रण गर्न सक्छ।

आँकको २०० ग्राम हरियो पातलाई दगल्च्याएर १ लिटर पानीमा १२ देखि १५ घण्टा सम्म ढड्याएर प्राप्त भएको रसले उपचार गरेको प्रत्येक हप्तामा १ पटकको दरले ४ देखि ५ पटक सम्म बन्दाकोपीमा लाग्ने कीराहरूलाई केही मात्रामा नियन्त्रण गर्न सकेको अनुसन्धानबाट प्रमाणित भएककक छ।

आँकका फाइदा

आँकको जराको बोक्रा रगतमासी आउँ परेको निको पार्न, शरीरमा पसिना आउने क्रियालाई बढाई कफ बाहिर निकाल्न प्रयोग गरिन्छ। जराको बोक्रालाई लेदो बनाइ हात्तीपाईले रोग लागेको बेला सुन्निएको भागमा लगाए केहि हदसम्म निको पार्न आँकले मद्दत गर्दछ।

आँकको पातको रस केही समयको फरकमा बारम्बार आइरहने ज्वरोलाई पनि निको पार्न प्रयोग गरिन्छ । यसको चोपले पोल्छ तर सिउँडी सँग मिसाएर कब्जियतलाई हटाउन प्रयोग गरिन्छ।

यसको फूल गुलियो र तीतो हुन्छ र यसलाई धूलो बनाई रुघाखोकी दम जुका परेको र अपचको उपचार गर्न एवंम घाउ निको पार्न प्रयोग गरिन्छ। आँकको बोट हर्षा, रक्तविकार, टाउको र कान दुखेको, दुबी, कब्जियत, अल्सर, शरीरमा गाँठागुठी आएको कुष्ठरोग, भिरिङ्गी, रगतमासी, आउँ, वान्ता, पखाला, पेटमा जुका परेकोलाई उपचार गर्न य्रयोग गरिन्छ।

त्यसैगरी, यसको फूल हातखुट्टाको जोर्नी र मांसपेशी दुखेको सुन्निएको शरीरभित्रका मुटु, कलेजो, पित्तथैली, फोक्सो आदि अङ्गहरू सुन्निएको अवस्थामा उपचार गर्न प्रयोग गरिन्छ।

यसको बोटको सुकाइएको भागहरू दुधसँग दैनिकको रूपमा प्रयोगगर्दा कलेजोको लागि राम्रो हुन्छ। आँकको नयाँ टुसालाई पिंधेर रस निचोरी दाद र अन्य छाला सम्बन्धि रोगमा दल्दा निको हुन्छ।

यसको चोपलाई आन्तरिक श्राव जम्मा भएको तथा पेटको रोगहरूको उपचार गर्न र पिलोलाई पकाउन प्रयोग गरिन्छ। यसैगरी, यसको पातबाट पक्षघात जोर्नी दुखेको, सुन्निएको कान दुखेको तथा घाउलाई उपचार गर्न सकिन्छ।

प्रतिक्रिया दिनुहोस