कालो ढुसीबाट बचेका यी व्यक्ति: डाक्टरले मेरो जीवन बचाउन ‘आँखा काट्नै पर्ने बताए’

पण्डित मराठे भारतका एकजना अवकाशप्राप्त व्यवसायी हुन्। उनले कोभिडलाई जिते तर त्यसपछि उनको दाहिने आँखामा समस्या रहिरह्यो।उनको आँखामा घातक कालो ढुसी रोग लागेको रहेछ। डाक्टरहरूले कोभिडको उपचार गर्दा स्टेरोइडको अत्यधिक मात्रामा प्रयोग गरेका कारण कालो ढुसी लागेको हुन सक्ने ठान्छन्।भारतमा अहिलेसम्म ११ हजार कालो ढुसीका बिरामी पुष्टि भइसकेको छ।

यस्तो माग राखेर पुरा नभए पेट्रोलियम कारोबार बन्द गर्ने चेतावनी
काठमाडौ । पेट्रोलियम कारोबार गर्ने कर्मचारीलाई खोपको व्यवस्था नभए पेट्रोलियम कारोबार बन्द गर्ने चेतावनी नेपाल पेट्रोलियम डिलर्स राष्ट्रिय एशोसिएसनले बताएको छ। आफ्ना कर्मचारीले जोखिम मोलेर काम गरेको भन्दै एशोसिएनले त्यस्तो चेतावनी दिएको हो ।

आइतबार प्रेस विज्ञप्ती जारी गर्दै एशोसियसनले पेट्रोलियम कारोबारमा संलग्न सबैलाई तुरून्तै खोपको व्यवस्था गर्न माग गरेको हो । आफुहरुले पटक पटक खोपको माग गर्दा पनि सुनुवाई नभएको भन्दै एशोसियसनले पेट्रोलियम कारोबार बन्द गर्ने चेतावनी दिएको हो ।

खोप उपलब्धताका लागि पटक–पटक आयल निगम र उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई माग गरेपनि हालसम्म पेट्रोलिय व्यवसाय क्षेत्रमा खोप उपलब्ध हुन नसकेको जारी विज्ञप्तीमा उल्लेख छ।

विज्ञप्तीमा उल्लेख भएअनुसार पेट्रोलियम कारोबार क्षेत्रमा कोभिड–१९ का कारण हालसम्म ११ जनाले ज्यान गुमाइसकेका छन्। हाल सक्रिय संक्रमितको संख्या १६८ जना पुगेको छ।

‘यस क्षेत्रमा काम गर्ने पेट्रोल पम्पका संचालक, कर्मचारी तथा फर्ममा रहेका ट्यांकी चालक तथा सहचालकलाई अत्यन्त जोखिम भएकाले खोप उपलब्ध हुन नसक्ने हो भने कारोबार बन्द हुन सक्ने छ,’ विज्ञप्तीमा उल्लेख छ।

एसोसियसनले देशभर १० हजार ३ सय ४६ जना पेट्रोलियम कारोबारमा संलग्न रहेकाले सोही संख्या बराबर खोप उपलब्ध गराउन आग्रह गरेको हो।

प्रतिक्रिया दिनुहोस