साताको पहिलो दिन अचम्मित पार्ने किसिमले बढ्यो : हेर्नुहोस् कति पुग्यो !

काठमाडौं – आज साताको पहिलो दिन आइतबार नेपाली बजारमा सुनको मूल्य बढेको छ । शुक्रबार तोलाको ९३ हजार ४ सय रुपैयामा कारोबार भइरहेको छापावाल सुनको मूल्य आज बढेर ९४ हजार १ सय रुपैयामा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै आज तेजावी सुनको मूल्य पनि प्रतितोला ९२ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको छ । त्यस्तै आज चाँदीको मूल्य पनि बढेर तोलाको १ हजार ३ सय ५५ रुपैयामा नै कारोबार भइरहेको महासंघले जनाएको छ ।

यो पनि: यस्तो छ आजको विदेशी मूल्यको विनिमय दर (सूचीसहित), काठमाडौँ- नेपाल राष्ट्र बैंकले आज आइतबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । जसअनुसार अमेरिकी डलरको एकको खरिददर ११६ रूपैयाँ ५० पैसा रहेको छ भने बिक्रीदर ११७ रुपैयाँ १० पैसा रहेको छ ।

यसैगरी युरो एकको खरिददर १४१ रुपैयाँ १७ पैसा र बिक्रीदर १४१ रुपैयाँ ९० पैसा रहेको छ । बेलायती पाउण्ड एकको खरिददर १६४ रुपैयाँ ५९ पैसा र बिक्रीदर १६५ रुपैयाँ ४४ पैसा रहेको छ । कतारी रियाल एकको खरिददर ३१ रुपैयाँ ५५ पैसा र बिक्रीदर ३१ रुपैयाँ ७२ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ । कुन देशको मुद्राको दर कति ?

प्रतिक्रिया दिनुहोस