बच्चा जन्माइसकेपछि महिला शरिर हुन्छ यस्तो, कसैले कुरा नगर्ने विषयको यथार्थ रुप (फोटोफिचर)

सन्तानलाई जन्म दिइसकेपछि एक महिलाको शरिरमा अत्यधिक परिवर्तन आउने गर्छ । सोसल मिडिया वा समाचारमा सेलिब्रिटीहरुले बच्चालाई जन्म दिएपछिका तस्बिर हेर्दा र आफ्नो हेर्दा धेरैलाई लाग्न सक्छ, ‘मलाई मात्र यस्तो भएको रहेछ’ ।

तर वास्तविकता सोसल मिडियामा देखिएका तस्बिरभन्दा निकै भिन्न हुन्छ ।जेनवरी हार्सले इन्टाग्राममा एउटा अभियानको थालनी गरिन् । @takebackpostpartum नाम दिइएको उक्त अभियानमा उनले लेखिन्, ‘महिलाहरु, यदि तपाईं परिवर्तन चाहनुहुन्छ भने आफूबाट सुरु गर्नुहोस्’ ।

उक्त अभियानमा थुप्रै महिलाले आफ्नो संलग्नता देखाए । बच्चा जन्माउने विषयमा प्रत्येक महिलाको आफ्नै संघर्ष हुन्छ । हार्सले यसमार्फत बच्चा जन्माइसकेपछि महिलाको शरिर कस्तो हुन्छ र वास्तविक स्थिती कस्तो हुन्छ भन्ने बारे दर्साउन खोजेको बताएकी छिन् ।

उक्त अभियानमा पोष्ट गरिएका तस्बिरहरु यहाँ प्रस्तुत गरिएको छ ।

प्रतिक्रिया दिनुहोस