घोर कलियुग : २ सन्तानकी भाउजु लिएर देवर भागे, प्रहरीमा पक्राउपछिको बयान सुन्दा दुनियाँ चकित

पछिल्ला दिनहरुमा समाजमा हरेक दिन नयाँ र फरक कामहरु भइरहेका हुन्छन् । जुन कुरा सुन्दा हामीलाई विश्वास गर्न गाह्रो हुन्त तर ति वास्तवमैं सत्य हुन्छन् । यस्तैं एउटा घटना भारतको बिहार राज्यमा भएको छ ।

यहाँ आफ्नै भाउजु लिएर देवर फरार भएका छन् । देवरको पनि विवाह भएको छ उनका ५ वटा सन्तान छन् भने भाउजुका पनि २ सन्तान रहेका छन् । भाउजुको विवाह १५ वर्ष पहिले भएको थियो । परिवारले प्रहरीमा मुद्धा हालेपछि उनीहरुलाई भागलपुरको तिलकामांझी क्षेत्रको जवारीपुरबाट नियन्त्रणमा लिएको बताइएको छ ।

प्रहरीसँगको बयानमा खुल्न आएको छ कि विवाहको केही महिना पछि नैं देवर भाउजु सम्बन्धमा रहन थालेका थिए । यो घटना २५ मार्चामा भएको थियो । २५ मार्चाको राती सन्‍नी प्रसाद आफ्नै भाउजु सुमनलाई लिएर भागेका थिए । सन्‍नीका पिता उमेश प्रसादका दुई छोराहरु हुन् । उनले जेठो छोरो अमृतको विवाह सुमन देवीसँग गराएका थिए ।

अर्को तर्फ सन्‍नीको विवाह चंदा देवीसँग भएको थियो जसका पाँच सन्तान रहेका छन् । २४ मार्च पूरा परिवार मीरगंज स्थित थावेमा पूजा गर्न गएका थिए । पुजा सकेर फर्केपछि सबै सुते तर ति देवर भाउजु सुतेनन फलस्वरुप बिहानैं तीनबजे उनीहरु त्यहाँबाट भाग्न सफल भएको प्रहरीलाई बयान दिएका छन् । एजेन्सी

यो पनिपढ़नु होस:रुघा–खोकी र दमको रामबाण उपचार हो अमला, विज्ञबाट थाहा पाउनुहोस् उपयोगका ६ तरिका र फाइदा

चिसो मौसममा रुघा, खोकी र दमले धेरैलाई तनावमा पारेको हुन्छ । यसैकारण गुजरातको सूरतमा काम गर्ने डा. दिक्षा भावसार रुघा, खोकी र दम भगाउनका लागि अमलालाई रामबाण उपचार मान्छिन् । डा. दीक्षा एक आयुर्वेदिक डाक्टर हुन् । उनका अनुसार चिसो मौसममा रुघा, खोकी र दमको समस्या हुनेहरुले अमलालाई कुनै पनि रुपमा खान सक्छन् ।डा.दीक्षाका अनुसार रुघा, खोकी र दमका बिरामीले अमलाको प्रयोग निम्न तरिकाले गर्नुपर्छः

अमला पाउडरःडा. दीक्षाका अनुसार रुघा, खोकी र दमको समस्या चिसो समस्यामा अत्यधिक हुन्छ । यसबाट पार पाउनका लागि अमलाको पाउडर बनाउनुहोस् । यो पाउडरमा आधा चम्चा मह मिसाएर बिहान बेलुका खानुहोस् । त्यसपछि मनतातो पानी पिउनुहोस् । महले चिसो मौसममा शरीरलाई तातो राख्छ । तर ध्यान दिनुपर्ने कुरा के हो भने अमला खाली पेटमा खानुहोस् । खाली पेटमा अमला खाँदा छिटो फाइदा पुर्याउँछ ।

अमला जुसःजसलाई चिसो मौसममा रुघा, खोकी र दमको समस्या हुन्छ, उनीहरुले अमलाको पाउडरबाहेक जुस पनि पिउन सक्छन् । डा. दीक्षाका अनुसार अमलाको जुस निकालेर तातो पानीसँग बिहान खाली पेटमा खानुहोस् । यसका लागि तपाईं २० देखि २५ मिलिलिटर अमलाको जुस र तातो पानी खानुहोस् । यसमा थोरै बेसार हाल्नुहोस् । अमलाले कफलाई पगालेर बाहिर निकाल्ने काम गर्छ ।

च्यवनप्रासःच्यवनप्रासमा मुख्य तत्व अमला हुन्छ । त्यसैले तपाईंले एक चम्चा च्यवनप्रासलाई तातो पानीसँगै खानुहोस् । बिहान खाली पेटमा वा खाना खाएको दुई घण्टापछि यो खानुहोस् । यसले रुघा, खोकी र दममा निकै फाइदा पुर्याउँछ ।

अमला क्यान्डीःअमला निकै स्वादिलो हुन्छ त्यसैले धेरै मानिसहरु यो खान रुचाउँछन् । त्यसैले यसको तपाईं क्यान्डी बनाएर खानुहोस् । यसका लागि तपाईं अमलालाई काटेर घाममा सुकाउनुहोस् र एउटा डिब्बामा राख्नुहोस् । त्यसपछि यसलाई दिनदिनै खानुहोस् । यसले तपाईंको खोकी, कोल्ड र दममा मद्दत गर्नेछ ।

अमला कसका लागि फाइदाजनक ?डा. दीक्षाका अनुसार अमलाले ४० वर्षभन्दा मुनिका लाई बढी फाइदा पुर्याउँछ । यद्यपि, जसलाई जोर्नी दुखाईको समस्या छ उनीहरुले अमला खानु हुँदैन । तर यदि कसैलाई एसिडिटीको समस्या छ भने बिहान बेलुका अमला खान सकिन्छ ।

अमलाको स्वाद अमिलो हुन्छ, अमिलोको अर्थ तातो हुन्छ । अमलामा केही नमिसाइकनै यसलाई प्रयोग गर्न सकिन्छ । अमलामा एन्टिअक्सिडेन्ट हुन्छ । यसले रुखोपनालाई पनि नष्ट गर्छ । अमलामा पञ्चरस हुन्छ । अमलामा भिटामिन सी पनि हुन्छ जसले कोभिडमा पनि मद्दत गर्छ ।

प्रतिक्रिया दिनुहोस