बिहेको पहिलो रात जब बेहुलीले….दुलहीले प्रहरीलाई बोलाएर सम्बन्ध विच्छेदका लागि मुद्दा दायर गरिन्

भारत, उत्तर प्रदेशको बरेली जिल्लामा एउटा अनौठो घटना घटेको छ । त्यहाँ विवाहपछिको रातमा दुलहीले उनको पतिको श’रीरमा के देखिन् कुन्नी उनलाई विहे घरमा बस्न मन लागेन् ।

त्यसपछि दुलहीले प्रहरीलाई बोलाएर सम्बन्ध विच्छेदका लागि मुद्दा दायर गरिन् । घटना बरेली जिल्लाको फतेहगञ्ज पश्चिमको हो । त्यहाँ सात फेरा लिएर आफ्नो नयाँ घर पुगेकी दुलही पतिको खुट्टामा भएको सेतो दाग देखेर तर्सिएकी थिइन ।

खुट्टामा भएको सेतो दागका कारण दुलहीले आफ्ना पतिसँग बस्न इन्कार गरिन् । साथै आफुलाई मातत पठाउन जोड दिइन् । जब ससुरालीहरूले उनलाई दबाब दिन थाले, उनले ११२ डायल गरेर प्रहरी बोलाइन् । अब उनले सम्बन्ध विच्छेदको लागि उजुरी दायर गरेकी छिन् ।

शहरको मोहल्ला ठाकुरद्वारकी एउटी केटीको विवाह १३ मेमा सिबगञ्जको महेशपुरा गाउँ निवासी युवकसँग भएको थियो । जब दुलही विवाह पछि ससुराको घरमा पुगिन्, उनले आफ्नो पतिको खुट्टामा सेतो दाग देखिन् । दाग देखेर उनले आफ्नो पतिसँग बस्न इन्कार गरिन् ।

सासु ससुराले पहिले उनलाई सम्झाए, नमानेपछि उनलाई दबाब दिन शुरू गरेको पनि खुल्न आएको छ । सासु ससुराले बल प्रयोग गर्न थालेपछि उनले प्रहरी बोलाएकी हुन् । उनले प्रहरी भनिन् कि पतिको खुट्टामा सेतो दाग लागेको छ, जुन गम्भीर रोग हुन सक्छ ।

त्यसैले उनी आफ्नो लोग्नेसँग बस्न चाहनन् तर ससुराले उनलाई दबाब दिइरहेका थिए । दुलहीले भने अनुसार दुलहा र ससुरालीहरूले विवाहको समयमा यस कुरालाई लुकाएर राखेका थिए । पूरै कुरा बुझिसकेपछि प्रहरीले दुलहीलाई उनको चाहना अनुसार माइतीमा लगेर छोड्दिएको छ ।

मंगलबार उक्त केटीले प्रहरी चौकी पुगेर उनका पति र ससुरालीहरुका विरुद्ध उजुरी दिएकी छिन् । उनले अदालतमा सम्बन्ध विच्छेदको लागि निवेदन पनि दायर गरेकी छिन् । यद्यपि प्रहरीले दुबै पक्षबीच मेलमिलाप गर्न खोज्यो । तर युवती कुनै हालतमा पनि तयार भइनन् । आफुलाई जसरी पनि सम्बन्ध विच्छेद गर्न चाहेको उनको अडान रहेको थियो । जनबोली बाट

प्रतिक्रिया दिनुहोस