जब बाजुराकी यि महिलाले अचानक आफ्ना श्रीमानको मृत्युको खबर सुनिन्

श्रीमान संक्रमित भएर अस्पतालमा उपचार गराइरहेका थिए । अस्पतालमा उनको श्रीमानको मृत्यु भएको जानकारी आएपछि बाजुराकी एक महिला घरवाट हराइन् । श्रीमानको मृत्युको खबर सुन्न नसकेर घरवाट हराएकी महिला मृ त फेला परेकी छन् । उनी अस्पताल नजिकैको जंगलमा फेला परेकी हुन् । उनी हराएपछि खोजी थालिएको थियो ।

वाजुराको को छेडेदह गाउँपालिका -७ की सरिता रावत श्रीमानको उपचार भइरहेको अस्पताल नजिकैको जंगलमा फेला परेको प्रहरीले जनाएको छ । उनका श्रीमान श्रीमान सुरेश कठायतको मृत्युको खबर सुनेपछि हिडेकी हुन् ।उनका श्रीमान् संक्रमित भएर डडेलधुराको अस्पतालमा उपचारार्थ थिए ।

जिल्ला प्रहरी कार्यालय डडेल्धुराका अनुसार उनले अस्पताको स्रोतवाट श्रीमानको निधनको खबर सुनिन् । त्यसपछि कसैलाई थाहा नदिएर हराइन् ।बिहानैदेखि हराएकी सरिताको खोजी गर्दा साँझ देह त्याग गरेको अवस्थामा फेला परेकी प्रहरीले बताएको छ। उनी डडेल्धुराको अमरगढी नगरपालिका ५ स्थित सुगरखाल वनमा रुखमा फेला परेकी हुन् ।

जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक राजेन्द्र चन्दले पोष्टमार्टमका लागि महिलाको श व अस्पताल पठाएको जनाए । सो वन श्रीमानको उपचार गराइरहेको डडेलधुरा अस्पतालबाट डेढ सय मिटर भित्र पर्ने बताइएको छ।

प्रतिक्रिया दिनुहोस