तौल घटाउन चाहने मानिसले यसो गर्दा राम्रो!!

मोटोपनले शरीरलाई भद्दा मात्र देखाउँदैन, स्वास्थ्यलाई पनि उत्तिकै असर पु¥याउँछ । त्यसैले पनि धेरै मानिस तौल घटाउन प्रयासरत हुन्छन्। तर, चुड्कीका भरमा तौल घटाउँछु भनेर सोच्नुचाहिँ गलत हुन्छ । यसको पनि आफ्नै विधि र प्रक्रिया हुन्छ।तौल घटाउने नाममा गलत क्रियाकलाप गर्दा उल्टै शरीरलाई हानि पुग्छ । त्यसैले डाक्टरको परामर्शअनुसार तौल घटाउँदा राम्रो हुन्छ । तौल घटाउन चाहने मानिसले यसो गर्दा राम्रो हुन्छ :
कहिल्यै पनि भोको बसेर तौल घटाउने प्रयास गर्नुहुँदैन । र, हप्तामै एक किलोग्रामभन्दा बढी तौल घटाउँछु भनेर पनि सोच्नु हुँदैन।

उसिनेको खानेकुरा मात्र खानुपर्छ भन्ने धारणा पनि दिमागबाट हटाउँदा हुन्छ।स्वादका लागि केही मरमसला प्रयोग गर्न सकिन्छ । तर, अधिक मसलेदार खाद्यान्नचाहिँ हानिकारक हुन्छ । सकेसम्म खानामा नुनको मात्रा कम गर्दा राम्रो हुन्छ ।लन्च र डिनरको सुरुवात सुपबाट गर्दा राम्रो हुन्छ । सुपले पेट भराउँछ र कम खाए पनि पुग्छ।
दैनिक ३–४ पल्टभन्दा बढी खानु राम्रो मानिदैन । प्रत्येक दिन खानाको मात्रा मेन्टेन गर्नुपर्ने हुन्छ । एकैपटकमा बढी खानु पनि स्वास्थ्यका दृष्टिले घातक मानिन्छ ।अधिक भोक लागेमा कम क्यालोरीयुक्त खाद्यपदार्थ जस्तै– गाँजर, काँक्रा, कागतीको सर्बत आदिको प्रयोग गर्दा राम्रो हुन्छ ।साँझको ७ बजेभित्रै डिनर गर्दा राम्रो हुन्छ । कहिल्यै पनि खानेबित्तिकै सुत्नेबानी गर्नुहुँदैन ।
तौल घटाउन खानाको मात्र भूमिका हुँदैन । यसका लागि नियमित व्यायाम पनि उत्तिकै महत्वपूर्ण हुन्छ । त्यसैले सबेरै हिँड्ने, नियमित हल्का व्यायाम गर्ने बानी बसाल्नुपर्छ। व्यायाम सकेपछि नियमित नुहाउने गर्दा राम्रो हुन्छ । यसो गर्दा शरीर स्वस्थ र फुर्तिलो हुन्छ । विभिन्न प्रकारका योगासन र प्राणायामले पनि तौल घटाउन सहयोग पु¥याउँछ।

पेटको समस्यालाई यसरी घरेलु उपचारले ठीक पार्नुस्

काठमाडौं । पेट स्वस्थ हुँदा शरीर पनि तन्दुरुस्त रहन्छ । पाचन वा पेटसम्बन्धी कुनै समस्या हुँदा स्वास्थ्यका अन्य समस्या पनि आइलाग्छन् । लगभग एकतिहाइ जनसंख्या पेटको समस्याले ग्रस्त छ । यहाँ हामी घरेलु उपाय अपनाएर पेटको समस्या हटाउने उपाय बताउँदैछौं।पीडा नाश गर्न
पेटमा पीडा भइरहन्छ भने अलिकति रातो खुर्सानीमा सक्खर मिसाएर खाँदा पीडा हट्छ । तैपनि ठीक भएन भने चाहिँ चिकित्सकको परामर्श लिनुपर्छ ।

कब्जियतबाट छुटकारा
बिहान पेट सफा भएन भने दिनभरि शरीर भारी हुन्छ । पेट सफ ागर्नका लागि एक चम्चा बेकिङ सोडालाई एक गिलास पानीमा हालेर पिउनुस् । बिहान कब्जियत हट्छपेट स्वस्थ राख्ने नियमपेट स्वस्थ राख्नका लागि खानपान सही हुनुपर्छ । बिहान उठेर खाली पेट पानी पिउनुस् । दिउँसोको खाना खाएपछि लस्सी र राति खानापछि दूध पिउँदा पनि पेट स्वस्थ रहन्छ ।भोक बढाउनुस्पाचनक्रियामा गडबडी हुँदा भोक कम लाग्छ । यस्तो हुँदा अलिअलि बेरमा कालो नून चाट्ने गर्नुस् । अनि सर्स्युँको तेलमा बनाएको खाना खाने गर्नुस् । यसले पाचन क्रिया राम्रो बनाइदिन्छ ।खाली पेट

पेटमा एसिड बन्ने कुराहरू बिहानीपख नखानुस् । मसलायुक्त भोजन, अमिलो फल, सोडा, रक्सी, कफी र चिया बिहान नपिउनुस् ।अमला
अमला पेटका लागि रामवाण हो । दिनदिनै एक कप पानीमा दुई चम्चा अमलाको रस हालेर पिउनुस् । अमलाको सेवनले शरीरमा रहेका विषालु तत्त्व पनि निस्केर जान्छन् अनि पेट स्वस्थ रहन्छ ।बलियो पाचनतन्त्रभोजनमा फाइबरयुक्त खानेकुरा समावेश गर्नुस् । टुसा उम्रेको अनाज, फल र जुसले शरीरलाई पोषक तत्त्व पनि दिन्छन् र पेट पनि सफा राख्छन्। अनि फाइबर खाँदा मोटोपन पनि कम हुन्छ। एजेन्सीकाठमाडौं । पेट स्वस्थ हुँदा शरीर पनि तन्दुरुस्त रहन्छ । पाचन वा पेटसम्बन्धी कुनै समस्या हुँदा स्वास्थ्यका अन्य समस्या पनि आइलाग्छन् । लगभग एकतिहाइ जनसंख्या पेटको समस्याले ग्रस्त छ । यहाँ हामी घरेलु उपाय अपनाएर पेटको समस्या हटाउने उपाय बताउँदैछौं।

 

प्रतिक्रिया दिनुहोस