मन्त्रीले नै साथ नदिएपछि गण्डकीका मुख्य मन्त्रीले पाएनन् विस्वासको मत

जेठ २७ पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुव्वा गुरुङ प्रदेशसभाबाट विश्वासको मत प्राप्त गर्न असफल भएका छन् ।
विपक्षी गठबन्धनले त मत दिएननै स्वयं उनकै सरकारमा खेलकुद मन्त्री रहेका दीपक मनागेंले पनि मत दिएनन् । उनी संसदको बैठकमै अनुपस्थित रहे । गुरुङले जम्मा २७ मत मात्र पाएका छन् ।

अन्य प्रदेशमा बिपक्षीलाई साथ दिदै आएको खनाल नेपाल समुहका सांसद ईन्द्र सापकोटाले पनि मुख्यमन्त्रीलाई विस्वासको मत दिए भने यस अघि उनको पक्षमा लागेका जनमोर्चाका सांसद कृष्ण थापाले मत दिएनन् ।यसअघि मुख्यमन्त्री गुरुङलाई मतदान गर्ने बताउँदै आएका राष्ट्रिय जनमोर्चाका कृष्ण थापा भने तटस्थ बसे । विश्वासको मतको प्रस्तावको विपक्षमा ३० मत पर्‍यो । कांग्रेसका १५, माओवादी केन्द्रका ११, राष्ट्रिय जनमोर्चाका २ र जनता समाजवादीका २ सांसदले मत दिए । ६० सदस्यीय प्रदेशसभामा सरकार बनाउन ३१ मतको आवस्यक पर्छ ।

प्रदेशसभामा ठूलो दलको नेताको हैसियतमा गत बैशाख २९ मा गुरुङ दोस्रो पटक मुख्यमन्त्रीमा नियुक्त भएका थिए ।संविधानको धारा १६८ को उपधारा ३ बमोजिम मुख्यमन्त्री नियुक्त गुरुङले ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संविधानको धारा १६८ को उपधारा ४ बमोजिम प्रदेशसभाको विश्वास पाउ भन्दै प्रस्ताव पेश गरेका भए पनि पाउन भने सकेनन् ।अब दीपक वा कृष्ण थापाले सहयोग गरेको अवस्थामा काँग्रेसको नेतृत्वमा सरकार बन्ने संभावना रहेको छ ।

गृह मन्त्रालय २४ घण्टै खुला राख्न नवनियुक्त मन्त्री अधिकारीको निर्देशन
नवनियुक्त गृहमन्त्री खगराज अधिकारीले गृह मन्त्रालयलाई २४ घण्टै खुला राख्न निर्देशन दिएका छन् ।बिहीवार शपथ ग्रहणपछि सिंहदरबारस्थित मन्त्रालय पदभार सम्हाल्दै मन्त्री अधिकारीले मन्त्रालयलाई २४ घण्टै खुला राख्न कर्मचारीलाई निर्देशन दिए ।मन्त्री पदको शपथ लिएर कार्यभार सम्हाल्न मन्त्रालय पुगेका अधिकारीलाई कर्मचारीहरूले फूलको माला र पुष्पगुच्छाले स्वागत गरेका थिए ।मन्त्री अधिकारीले गृह मन्त्रालयमा आएको काम १ दिनमै कार्यसम्पादन गर्न समेत निर्देशन दिए । कर्मचारीले सेवाग्राहीको फाइल घुमाएमा कारवाही गर्ने चेतावनी उनले दिए

‘गृह मन्त्रालय मातहतबाट हुने काम १ दिनमा गर्नुपर्छ । कसैलाई फाइल घुमाउने अधिकार छैन, हुने काम हो भने हुने, हुने काम होइन भने हुँदैन भन्नुस्,’ उनले निर्देशन दिए ।गृह मन्त्रालयले ७७ वटै जिल्लामा चुस्तदुरुस्त प्रशासनको प्रत्याभूति जनतालाई दिन निर्देशन दिए । बाढीपहिरोको समय भएकाले जनताको जिउधनको सुरक्षामा लाग्न समेत निर्देशन दिए ।गृह मन्त्रालयका मातहतका कर्मचारी र सुरक्षा निकायले २४ घण्टै काम गर्नुपर्ने भएकाले कसैले पनि आफ्नो ड्युटी समय सकियो भन्न नपाउने उनले बताए ।

‘गृह मन्त्रालय २४ सै घण्टा खटिने मन्त्रालय हो, कसैले पनि मेरो य्टुटी १०–५ हो भन्न पाउँदैन सुरक्षा र शान्तिको लागि जुन कुनै मिनेट पनि खटिनुपर्छ,’ मन्त्री अधिकारीले निर्देशन दिँदै भने ।कुनै पनि कर्मचारीले भ्रष्टाचार गरेको थाहा पाए तत्कालै कारवाही गर्ने समेत उनले बताए । नेपालको भूमि चीन वा भारत कसैलाई पनि प्रयोग हुन नदिने र १ इन्च पनि मिच्न नदिने समेत उनले बताए ।‘मन्त्री हुन्छु भन्ने ३ बजेसम्म पनि थाहा थिएन, त्यसैले प्रि–प्लान बनाएको छैन तर मन्त्रालयको हिजोदेखिका काम निरन्तर हुनेछन्,’ मन्त्री अधिकारीले भने ।

प्रतिक्रिया दिनुहोस