बच्चामा भिटामिन डीको अभावले मोटोपना बढाउने!!

आफ्ना बच्चालाई मोटोपनाबाट जोगाउनका लागि एक वर्षको उमेरसम्म भिटामिन–डीको अभाव हुन दिन नहुने अध्ययनले देखाएको छ ।

भिटामिन डीको कमी भएमा बच्चामा मेटाबोलिक सिन्ड्रोमको जोखिम बढ्छ । यस्तोमा १६ देखि १७ वर्ष पुग्दा बच्चाको रगतमा चिनीको स्तर, कोलेस्ट्रोल र फ्याट बढ्न थाल्छ । अमेरिकाको मिसिगन विश्वविद्यालयका वैज्ञानिकका अनुसार बच्चाले सुरुदेखि नै पर्याप्त भिटामिन–डी पाएमा भविष्यमा हृदय रोग, स्ट्रोक र टाइप २ मधुमेह हुने जोखिम पनि कम हुन्छ ।भिटामिन डीको अभाव हुँदा देखिने जोखिमहरू बुझ्न, अन्वेषकले चिलीको मध्यम–आय भएका एक शहरका १८ सय बालबालिकालाई अध्ययनमा सहभागी गरिएको थियो । त्यसमध्ये पनि तीन सय बच्चाहरूसँग सम्बन्धित डाटा विश्लेषण गरेर एक वर्षको उमेरसम्मका भिटामिन–डीको अभाव भएका बच्चाहरूको बडी मास इन्डेक्स एकदेखि पाँच वर्ष बीचमा बढ्न थालेको अध्ययनले देखाएको छ ।

बडी मास इन्डेक्समा भएको वृद्धिले मोटोपनाको सङ्केत गर्छ । भिटामिन डीको पर्याप्त मात्राले फ्याट सेलहरू गठन हुने प्रक्रियामा अवरोध पुर्‍याउँछ । तर, जन्मपछि एक वर्ष पर्याप्त भिटामिन डी पाएका बच्चाहरूमा १६ देखि १७ वर्षको उमेरसम्म रगतमा चिनीको स्तर, कोलेस्ट्रोल र ट्राइ–ग्लिसराइडको स्तर स्वस्थ पाइएको अनुसन्धानले देखाएको छ ।घाममा धेरै समय नबस्ने हुँदा भिटामिन–डीको अभाव हुन्छ । वैज्ञानिकका अनुसार बच्चालाई भिटामिन–डीयुक्त दुध खुवाइएमा मोटोपनाको जोखिम कम हुन्छ ।

तर, आमामा समेत भिटामिन डि कमी हुने हुँदा बच्चामा यसको अभाव स्तनपानमार्फत पनि पूरा गर्न सकिँदैन । विज्ञहरूका अनुसार बिहानको नौ बजेभन्दा अगाडिको घाममा एक घण्टा बस्दा मात्र पनि भिटामिन डीको अभाव पूरा हुन्छ । (भास्कर डट कम)बच्चा भिटामिन डी मोटोपना

प्रतिक्रिया दिनुहोस