आज नेपालमा नयाँ अपडेट यस्तो : ‘दोबर सङ्ख्यामा चिकित्सकको मृत्यु’

पछिल्लो २४ घण्टामा देशभर ३ हजार ७४९ जना व्यक्ति संक्रमित भएका छन्। हालसम्म पिसिआर परीक्षण गर्दा ६ लाख १ हजार ६८७ र एन्टीजेन परीक्षण गर्दा १७ हजार ७१४ जना व्यक्ति संक्रमित पुष्टि भएका छन्। तीमध्ये ५ लाख १५ हजार ५९१ ज्ना व्यक्ति निको भइसकेका छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका प्रयोगशालामा ९ हजार ९०१ जनाको पिसिआर र ५ हजार ३३७ जनाको एन्टीजेन परीक्षण गर्दा पिसिआरमार्फत २ हजार ८७४ जना र एन्टीजेटमार्फत ८७५ जना संक्रमित पुष्टि भएका हुन्।त्यसैगरी, पछिल्लो २४ घण्टामा देशभर ५९ जना संक्रमितको मृत्यु भएको छ। हालसम्म ८ हजार २३८ जना संक्रमितको मृत्यु भएको छ। आज ५ हजार २९३ जना संक्रमित निको भएका छन्।त्यस्तै नेपालमा महामारीको पहिलो लहरको तुलनामा दोस्रो लहरमा दुईगुना डाक्टरहरूको ज्यान गएको तथ्याङ्कले देखाएको छ। सङ्क्रमण व्यापक फैलिएका कारण दोस्रो लहरका बेला धेरै क्षति भएको देखिए पनि खोपले यसलाई न्यूनीकरण गरेको नेपाल चिकित्सक सङ्घका महासचिव डा. बद्री रिजालले बताए।

“खोपका कारण धेरै चिकित्सकहरूको ज्यान जोगिएको अनुभव हामीलाई भएको छ। नत्र योभन्दा धेरै क्षति हुन्थ्यो,” उनले भने। “चिकित्सकहरूको हकमा पहिलो लहरको बेला कोभिडले छजना डाक्टरको निधन भएको थियो भने दोस्रो लहरमा करिब एक दर्जन डाक्टरको ज्यान गइसकेको विवरण हामीलाई प्राप्त छ,” नेपाल चिकित्सक सङ्घका महासचिव डा. बद्री रिजालले बताए।

गुण्डा नाइके गणेश लामा पोखराबाट पक्राउ
‘गुण्डा नाइके’ का रुपमा चिनिएका गणेश लामालाई कास्की प्रहरीले बिहीबार पोखरामा पक्राउ गरेको छ । गण्डकी प्रदेशका निवर्तमान युवा तथा खेलकुद मन्त्री दीपक मनाङ्गेलाई भेट्न आएको भन्दै सोधपुछका लागि उनलाई पक्राउ गरिएको कास्की प्रहरीले जनाएको छ । निषेधाज्ञाका बेला पोखरा किन आए भन्ने खुलेको छैन । लेकसाइडको एक होटलमा बसेका लामालाई पछि अर्को रेष्टुरेन्टमा गएका बेला दिउँसो प्रहरीले नियन्त्रणमा लिएको थियो ।

बिहीबार मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले विश्वसको मत लिने भएपछि बिहानैबाट मनाङ्गे सम्पर्कविहीन बनेको थिए । उनले त्यसअघि मुख्यमन्त्रिको विपक्षमा मतदान गर्ने बताएका थिए । तर, उनी बिहीबारको मतदानमै सहभागी भएनन् ।यसअघि भने मुख्यमन्त्री गुरुङको पक्षमा उभिएका मनाङ्गेलाई गणेश लामाले विपक्षमा मतदान गर्न फोर्स गरेको बुझिएको छ । लामा र मनाङ्गेबीच बुधबार साँझ लेकसाइडको एक होटलमा भेट भएको प्रहरीको भनाइ छ । सो भेटपछि नै मनाङ्गेले विपक्षमा मतदान गर्ने धारणा बनाएको बताइएको छ ।

सोही बिषयमा सोधपुछका लागि लामालाई प्रहरीले पक्राउ गरेको हो । अहिले लामालाई इलाका प्रहरी कार्यालय बैदाममा ल्याइएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस