भुटेको लसुन दैनिक खानाले शरीरलाई हुन्छ यस्ता आश्चार्य चकित फाइदाहरु ! पढ्नुहाेस्

भुटेको लसुन दैनिक खानाले शरीरलाई हुन्छ यस्ता आश्चार्य चकित फाइदाहरु ! लसुन हामीले भान्सामा दैनिक प्रयोग चिज हो । यसलाई हामी तरकारी र दालमा बडी मात्रामा प्रयोग गर्ने गर्ने गर्दछौं । लसुन हाम्रो खानाको स्वाद बढाउन मात्र नभई हाम्रो स्वास्थ्यको लागि पनि निकै लाभदायक हुनेगर्छ जुन यस प्रकार रहेका छन्:-

१) रोग प्रतिरोधात्मक क्षमता बढ्छ:- हरेक दिन भुटेको लसुन खानाले हाम्रो शरीरको रोगसँग लड्ने क्षमता बढ्छ । यसमा पाइने एन्टी ब्याक्टेरियल तत्वले विभिन्न प्रकारका ब्याक्टेरियासँग ल-ड्न मद्धत पुर्याउँछ ।

२) पेटको समस्या कम:- हरेक दिन भुटेको लसुन खानाले हाम्रो पेटमा ग्यास भरिदैन । यसले गर्दा हामीलाई ग्यास्ट्रिक जस्तो समस्याले सताउदैन । यसले खाना पचाउन मद्धत गर्ने भएकाले कब्जियतको समस्या देखी मुक्त हुन सकिन्छ ।

३) हर्मोन ब्यालेन्स:- भुटेको लसुन पुरुषको लागी निकै लाभदायक छ । यसमा पाइने एलिसिनले पुरुषको से- .क्स हर्मोन सन्तुलित रुपमा राख्न मद्धत गर्छ ।

४) रक्त चाँप नियन्त्रण:- विभिन्न अध्ययनले दैनिक भुटेको लसुन खाने व्यक्तिमा रक्तचाँप सन्तुलित रुपमा रहने देखाएको छ । त्यसका साथै यसले रगतलाई सफा राख्ने काम पनि गर्छ ।

५) दाँतको दुखाइ कम:- यदी तपाई दाँत दुखेर हैरान हुनुहुन्छ भने दाँत दुखेको ठाउँमा भुटेको लसुन पिसेर लगाउनुहोस । तपाईलाई यसले निकै आराम दिन्छ ।

६) चिसोबाट बचाउँछ:- तातो तेलमा लसुन पड्काएर शरीरमा लगाउनाले शरीरमा चिसो छिर्न पाउदैन । यसले गर्दा हामीलाई रुघाखोकी जस्तो समस्याले सताउदैन ।

प्रतिक्रिया दिनुहोस