नर्भिक अस्पतालकी निर्देशक मेघा भन्छिन्- निशाको निःशुल्क उपचार गर्छौ

काठमाडौं– भारतको दे’हरादुनमा रहँदा निशा सडक दु’र्घटनामा परेकी मोडल निशा घिमिरेको नर्भिक अस्पतालले नि:शुल्क उपचार गरिदिने भएकाे छ । अस्पतालकी निर्देशक मेघा चाैधरीकाे पहलमा भैसेपाटीस्थित घिमिरेकाे घरबाट उद्धार गरी निशालाई बिहीबार दिउँसाे अस्पताल भर्ना गरिएकाे थियाे ।

निर्देशक चौधरीले निशाको उपचारमा कुनै खर्च न’लाग्ने बताएकी छन् । ‘निशाजीको अहिले फोटो देखेपछि पक्कै केयर न’पुगेर नै यस्तो भएको हो कि भन्ने लाग्यो । नत्र यति लामा समयसम्म बाँ’च्ने स्थितिमा थिएन भने त उहाँ बाँ’च्नु हुन्न थियो होला । अनि केयर नपुगेर होला भन्ने लागेपछि हस्पिटल लिएर आउनुहोस् ।

हामी राखेर उपचार गर्छौ भनेर एम्बुलेन्स पठाएपछि उहाँहरुले ल्याउनुभयो’, उनले भनिन् ।मेघाले आफूले नवजीवन परोपकार समाजका सञ्चालक दुर्गानाथ दाहालको माध्यमबाट निशाको अवस्थाबारे जानकारी पाएको खुलाइन् ।‘दुर्गा दाईको पोस्ट देखेपछि उहाँलाई के हो यस्तो भनेर सोधें ।

निशाजी म्यूजिक भिडियो, फिल्ममा काम गर्नुहुन्छ भन्ने थाहा थिएन । मैले फोटोमात्र देखेकी थिएँ । त्यसपछि उहाँले मलाई जानकारी गराउनुभयो । दु’र्घटना भएपछि ट्रमा सेन्टरमा राखेर उपचार गर्दाको अन्तरवार्ताको लिं’क पठाउनुभयो । अनिमात्र मैले निशाजीको बारेमा विस्तृत बुझ्न पाएँ’, मेघाले भनिन् ।

मेघाका अनुसार डा’इडिसियनलाई, न्यूरो सर्जनसँग क’न्स’ल्ट गरेर निशाको उपचार भइरहेको छ । मेघाले आफ्ना साथीभाईसँगै दु’र्गानाथसँग स’हकार्य गरेर आ’र्थिक रुपले उपचार गर्न नसक्नेहरुलाई आफ्नै प’हलमा उपचार गराइरहेकी छन् ।

मोडलिङ पढ्न भारतको दे’हरादुनमा रहँदा निशा सडक दु’र्घटनामा परेकी थिइन् । उनको त्यहाँ प्रा’रम्भिक उपचारपछि काठमाडौं ल्या’इएको थियो । उनले झण्डै तीन दर्जन म्यूजिक भिडियोमा अ’भिनय गरेकी छन् ।

प्रतिक्रिया दिनुहोस