अस्पतालबाटै अनुराधाको आँखा हरायो, आफन्त भन्छन् डाक्टरले निकाले, प्रहरी भन्छ…………

काठमाडौं । अस्पतालबाट आँखा हराएको कुरा सुन्दा केही फरक लागेको हुनुपर्छ । तर यो अनौठो खबर आएको छ । भारत, उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथको गृह जिल्ला गोरखपुरको बीआरडी मेडिकल कलेजबाट एउटा अचम्मलाग्दो घटना बाहिर आएको छ ।

त्यहाँको मोर्चारीमा राखिएको महिलाको शरीरबाट आँखा हराएको खबर सार्वजनिक भएको छ । परिवारले डाक्टरहरुले महिलाको आँखा निकालेको आरोप लगाएको छ । अर्को तिर प्रहरी भन्छ कि मुसाले आँखा गायब गर्दिएको हो । यस घटनालाई गम्भीरताका साथ हेर्दै मुख्यमन्त्री अफिसले छानबिनको आदेश दिएका छन् ।

जानकारीका अनुसार ३१ डिसेम्बरमा गुलरिया थाना क्षेत्रको हरसेवकपुर टोला निवासी नितेश चौहानकी पत्नी अनुराधा कोठामा मृत भेटिइन् । त्यसपछि नितेशले आफ्नी पत्नी अनुराधा मृत भेटिएको भन्दै प्रहरीमा खबर पनि गरेका थिँए । अर्कोतिर यस घटनामा अनुराधाकी आमा बेला देवीले नितेश र उनका परिवारको विरुद्ध गुलरिया थानेमा दाईजोको विषयमा उजुरी दायर गराएकी छिन् ।

यो बीचमा अनुसन्धान भइरहेको थियो । तर अचानक मृतक महिलाको फोटो सामाजिक सञ्जालमा भाइरल भयो । उक्त तस्बिरमा ति महिलाको दाहिने आँखा हराइरहेको देखिएको थियो । एएसपी क्याम्पियरगञ्ज राहुल भाटीले भने कि महिलाको आँखा मोर्चामा मुसाले लिएको हुनुपर्छ । उक्त घटना पछि मृतक महिलाको परिवारले उक्त घटनाको छानबिन गर्न सहरका विधायक राधामोहन दास अग्रवाललाई भेटेको थियो ।

विधायकले यस कुरालाई गम्भीर रुपमा लिए र गुलरिहा प्रहरी चौकीका रवि राईसँग कुरा गरेका थिँए । मृतकलाई मोर्चरीमा राख्नु अघि बनाइएको फोटो र भिडियो पनि मागेका छन् । प्रहरीले सबै प्रमाण शहरका विधायकलाई दिएको जानकारी दिएको छ ।

ति विधायकले फोटो र भिडियो हेरे जसमा महिलाको आँखा सुरक्षित देखिएको थियो । अर्कोतर्फ, परिवारले डाक्टरले महिलाको आँखा निकालेको आरोप लगाएका छन । मुख्यमन्त्री कार्यलयका डा. सुधाकर पाण्डेले मोर्चरीबाट महिलाको आँखा हराउने कुरा गम्भीर भएको उल्लेख गरेका छन् । उनका अनुसार मुद्दाको छानबिन हुनेछ ।

यो पहिलो घटना होइन जहाँ मृतकका लागि यस्तो व्यबहार गरिन्छ । यसभन्दा पहिले पनि जिल्ला अस्पतालको मोर्चरीबाट सडक दुर्घटनामा ज्यान गुमाउने ५४ वर्षीय वृद्धको नाक र उनको दुवै हातका औंलाहरू मुसाले लिएको बताइएको थियो ।-janaboli

प्रतिक्रिया दिनुहोस