तीन दिनको मौसमले निम्त्याउँदै खतरा, महाशाखाले जारी गर्यो चेतावनी

काठमाडौ । आगामी तीन दिन भारी वर्षाको सम्भावना रहेकाले वाडी पहिरो लगायतको समस्या आउने चेतावनी दिइएको छ । तीन दिन देशभर आंशिकदेखि सामान्य बदली भई थोरै स्थानहरुमा बर्षाको सम्भावना छ । मौसम पूर्वानुमान महाशाखाको शनिबारको मौसम पूर्वानुमान बुलेटिनअनुसार शनिबार, आइतबार र सोमबार मौसममा देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ ।

मौसम पूर्वानुमान महाशाखाले शुक्रबार दिउँसो २ बजे विशेष मौसम बुलेटिन जारी गरी दिएको जानकारीअनुसार बंगालको खाडीआसपास विकसित न्यून चापीय क्षेत्रका कारण प्रदेश १, प्रदेश २ र बागमती प्रदेशमा मनसुन प्रवेश गरेका हो। अब एक÷दुईभित्रै यो दशेभर फैलिने सम्भावना छ। मनसुन जहिले पनि दशेको पूर्वी क्षेत्रबाट प्रवेश गर्छ।

मनसुनका कारण हिजैदेखि देशका धेरै स्थानमा वर्षा हुन सुरु भएको हो। मौसमविद् राजु प्रधानाङ्गका अनुसार आज बिहान गरिएको मापनअनुसार काठमाडौंमा उपत्यकामा ५२ मिलिमिटर वर्षा भएको छ। यो भनेको भारी वर्षा हो। ५० मिलिमिटर कटेपछि भारी वर्षा मानिन्छ। आज पनि काठमाडौं उपत्यकामा हल्कादेखि मध्यमसम्म वर्षा हुने सम्भावना छ।

शनिबार दिउँसो देशका धेरै स्थानहरुमा मेघगर्जन रचट्टयाङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र कर्णाली प्रदेशका थोरै स्थानहरुमा भारी बर्षाको समेत सम्भावना रहेको महाशाखाले जनाएको छ।

साँझ देशभर सामान्य देखि पूर्ण बदली रहनेछ। देशका धेरै स्थानहरुमा मेघगर्जन रचट्टयाङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश १ ,गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका थोरै स्थानमा भारी बर्षाको पनि संभावना रहेको छ।

महाशाखाका अनुसार आइतबार दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ । देशका धेरै स्थानहरुमा मेघगर्जनरचट्टयाङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश १, बाग्मती प्रदेश,गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका थोरै स्थानहरुमा भारी बर्षाकोसमेत सम्भावना छ।

साँझ देशभर सामान्य देखि पूर्ण बदली रहनेछ। देशका धेरै स्थानहरुमा मेघगर्जन चट्टयाङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश १, प्रदेश २, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र कर्णाली प्रदेशका थोरै स्थानहरुमा भारी बर्षाको समेत सम्भावना छ।

सोमबार देशभर सामान्य देखि पूर्ण बदली रहनेछ। देशका धेरै स्थानहरुमा मेघगर्जनरचट्टयाङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश नं १, प्रदेश नं २, बाग्मती प्रदेश,गण्डकी प्रदेश ,लुम्बिनी प्रदेश र कर्णाली प्रदेशका थोरै स्थानहरुमा भारी बर्षाको समेत सम्भावना छ।

प्रतिक्रिया दिनुहोस