अभिनेत्री अमिषाले आफ्नै बुवा माथि लगाईन यस्तो आरोप, आमाले निकालिन घरबाट

काठमाडौँ । एक समय भारतीय अभिनेत्री अमीषा पटेलको सुन्दरताको सबै पागल थिए। पर्दामा उनलाई देख्दा लाखौँको मन धड्कन्थ्यो। आमीषा सम्भवतः पहिलो अभिनेत्री हुन् जसले आफ्नो पहिलो दुई फिल्मबाट स्टारडम प्राप्त गरिन् । जुन धेरै अभिनेत्रीहरूले आफ्नो सम्पूर्ण करियरमा पाउँदिनन्। ती हुन् सनी देवलको सुपरहिट फिल्म ‘गद्दार’ र ऋततकको साथ रेकर्ड ब्रेक फिल्म ‘कहो ना प्यार है’।

यी फिल्महरू थिए जसले अमीषालाई पहिलो पङ्क्तिमा उभ्याए । अमीषाले १८ वर्षको करियरमा ४० भन्दा बढी फिल्महरू गरिसकेकी छन्। तर यसको बाबजुद, अमीषाको करियर गायब जस्तै भएको छ ।

अमीषा पटेलको जन्म सन् १९७६ जुन ९ मा भएको थियो । अमीषा पटेल ४५ बर्षकी भएकी छन् । उनले सन् २००० मा ‘कहो ना प्यार है’ फिल्मबाट बलिउडमा डेब्यु गरेकी थिइन् । अमीषा ती नायिकामध्येकी एक हुन् जसको पहिलो फिल्म सुपर हिट भएको थियो । यो फिल्म हिट भएपछि सन् २००१ मा उनको अर्को फिल्म ‘गदर’ले राम्रो प्रदर्शन गरेको थियो ।

फिल्ममा आएसँगै अमीषा पटेल र व्यवसायी नेस वाडियाका बिच अफेयर्सको समाचार पनि आएको थियो । दुवै एकै कलेजमा पढ्थे । नेस वाडिया अमीषासँग विवाह गर्न चाहन्थे तर अमीषा फिल्ममा आफ्नो करियर बनाउन चाहन्थिन् । यो कुराले उनीहरूको ब्रेक अप भएको थियो ।

नेस वाडियापछि अमीषाको नाम निर्देशक-निर्माता विक्रम भट्टसँग जोडिएको थियो । तर, घरपरिवारले भने उनको यो सम्बन्धलाई रुचाएका थिएनन् । अमीषाले सञ्चारमाध्यममा दिएको एक बयानमा उनलाई आफ्नी आमाले चप्पलले पि’टेर घरबाट निकालिदिएकी थिइन् । तर, अमीषा र विक्रमको सम्बन्ध भने लामो समय टिक्न सकेन । सन् २००८ मा उनीहरूको ब्रेक अप भएको थियो ।

यसका साथै अमीषाको उनका परिवारसँग सम्पत्तिको विषयमा पनि विवाद भएको थियो । अमीषाले आफ्ना बाबुविरुद्ध १२ करोड अनियमितताको आरोप लगाएकी थिइन् । उनले बाबुले पैसाको गलत प्रयोग गरेको आरोप लगाएकी थिइन् ।

अमीषा ठूलाठूला पार्टीमा देखिने गरेकी छिन् । उनलाई धेरै पटक पार्टीमा मा’प’सेको न’शा’मा डु’बेकी भेटिएको थियो । टिभी एक्टर कुशाल टण्डनसँग पनि उनको नराम्रोसँग झ’गडा भएको थियो । जसको कारण उनी चर्चामा आएकी थिइन् ।

फिल्म हमराजले अमीषाको करियरमा खास केही गरेन। उनले कुनै पनि फिल्म स्क्रिनमा राम्रो काम गर्न सकिनन्। यसपछि उनले केही तमिल र तेलुगु भाषाका फिल्महरूमा पनि काम गरिन् तर सफलता प्राप्त भएन। अमीषा त्यसपछि फिल्महरूमा अतिथि भूमिकामा देखा पर्न थालिन्।

प्रतिक्रिया दिनुहोस