३ वर्षका बालकलाई बचाउन २५ करोड रुपैयाँ मूल्य पर्ने सु’इ लगाइयो

काठमाडौं। दु’र्लभ किसिमको स्वास्थ्य स’मस्या स्पा’इनल म’स्कुलर अ’ट्रोप्सी (ए’सएमए) बाट पी’डित हैदराबादका ३ वर्षका बालक अ’यांशलाई विश्वकै सबैभन्दा महंगो औ’षधि जो’ल्गेन्स्मा दिइएको छ ।

यो औ’षधि किन्नको लागि उनका मातापिताले क्रा’उडफण्डि’ङबाट १६ करोड भारती’य रुपैयाँ (२५ करोड ६० लाख नेपाली रुपैयाँ) सहयोग उठाएका थिए । यति ठूलो रकम जम्मा गर्नको लागि उनीहरुलाई क्रा’उडफण्डि’ङमा ६५ हजार दाताहरुले सक्दो रकम दान गरेका थिए ।

हिन्दूस्तान टाइम्सका अनुसार यो औ’षधि अमेरिकाको नो’भार्टिसबाट आयात गरिएको हो । औषधि जून ८ का दिन हैदराबा’द आइपुगेको थियो । यसका लागि भारतको केन्द्र सरकारले सबै किसिमका आयात कर र वस्तु तथा सेवा कर (जीएसटी) माफ गरिदिएको थियो ।

सरकारी करको रकम समेत करिब ६ करोड रुपैयाँ पर्ने समाचारमा जनाइएको छ ।अयांशलाई बचाउने अभियान फेब्रुअरी ४ मा सुरु भएको थियो जतिबेला अयांशका मातापिता योगेश गुप्ता र रुपाल गुप्ताले सामाजिक संजालमा अयांशको स्वास्थ्य स’मस्याबारे पोस्ट गरेर सहयोग उठाउने अभियान सुरु गरेका थिए ।

यो’गेश छ’त्तसिगढका हुन् र है’दराबादमा एक निजी कम्पनीमा काम गर्छन् । २३ मेसम्ममा उनीहरुले १६ करोड रुपैयाँ जम्मा गरेका थिए ।

प्रतिक्रिया दिनुहोस