कस्तो अचम्म ! मान्छेकै मुखमा २ सय ३२ दाँत भेटिएपछी

हामी सामान्य मानिसको ३२ भन्दा धेरै दाँत हुनसक्ने अनुमानै गर्न सक्दैनौं । तर, हाम्रै छिमेकी देश भारतमा एक १७ वर्षीय बालकको मुखमा २ सय ३२ वटा दात फेला परेको छ । गाला सुन्निए र अस्पताल पुगेका अशिकको मुखबाट चिकित्सकले श’ल्यक्रिया गर्दा २ सय ३२ वटा दाँत निकालेका हुन्। बिरामीका अनुसार १८ महिनायता उनमा दाँत दुख्ने समस्या थियो ।

अस्पतालकी दन्त विभागकी प्रमुख डाक्टर सुनन्दा धिवारेले यसवकको शल्यक्रियापछि यस्तो घ’टना अत्यन्तै दर्लभ भएको बताएकी पनि छिन् ।उक्त उपचारमा दुई सर्जन र दुई सहायक खटिएको भन्ने समाचार रहेको छ । अपरेसनपछि अशिकको मुखमा २८ दाँत मात्र राखिएको छ । त्यस्तै , चिसोमा दाँत सिरिङ्ग किन हुन्छ? दाँतसम्बन्धी विभिन्न समस्यामध्ये दाँत सिरिङ्ग हुने समस्या पनि एक हो। चिसो मौसममा मात्र नभई यो समस्या अरु बेला पनि देखिन्छ।

दाँत सिरिङ्ग हुनुको पछाडि धेरै कारण हुन्छन्। दाँत किराले खाँदा, गिजा तल झरेर जरा खुला हुँदा, दाँतमा धेरै बलका साथ ब्रस गर्दा दाँत सिरिङ्ग हुने समस्या निम्तन सक्छ। यी कारणबिना जाडोमा दाँत यत्तिकै सिरिङ्ग हुँदैन। एकदम धेरै चिसोले दाँत सिरिङ्ग गराउनु सामान्य नै हो। जाडोमा धेरै नै चिसो हुँदा यो समस्या आउने हो। तर चिसोमै यो समस्या बढ्ने भन्ने हुँदैन। दाँत सिरिङ्ग हुनका लागि दाँत किराले खाएको, जरा तल झरेको लगायत माथि उल्लेखित कुनै न कुनै कारण हुनै पर्छ। त्यसैले गर्मी या चिसो मौसममा दाँत बढी सिरिङ्ग गर्छ भन्ने हुँदैन।

धेरैजसोले चिसोमा दाँत सिरिङ्ग हुने गरेको बताउने गर्छन्। जाडोमा विशेषगरी बिहान ट्यांकीमा भएको पानी अत्यधिक चिसो हुन्छ। त्यो बेला पानी धेरै चिसो हुँदा दाँत सिरिङ्ग हुनसक्छ। नभए सामान्य तापक्रम भएको पानीले भने दाँत सिरिङ्ग गराउँदैन। नेपालमा यो आम समस्या पनि हो। विशेषगरी वृद्ध उमेर समूहमा यो समस्या बढी हुन्छ। किनभने वृद्ध उमेरमा धेरैजसोको गिजा तल झरेर जरा खुला भएको तथा दाँत किराले खाइसकेको हुनसक्छ।

युवाहरुमा पनि यो समस्या आम रुपमा छ। उनीहरुले अलि कडा ब्रसले जोडका साथ दाँत ब्रस गर्ने गर्छन्। धेरै सुर्ती, सुपारी खाने व्यक्तिहरुको दाँत खिइँदै गएर पनि दाँत सिरिङ्ग–सिरिङ्ग हुनसक्छ। स्वस्थ व्यक्तिको दाँत बिनाकारण चिसोमा पनि सिरिङ्ग गर्दैन। यो समस्यालाई बेवास्ता गरेर बस्नु हुँदैन। यसो गर्दा समस्या बढ्दै जान्छ। किराले खाएको दाँत भरेन भने समस्या बढ्दै जान्छ। दाँतको प्वाल बढ्दै गयो भने नशासम्म असर गर्न सक्छ।

सामान्य फिलिङ गर्दा हुने दाँतको आरसिटी महँगो पर्न जान्छ। गिजा तल सर्दैछ तर समयमै उपचार गरिएन भने त्यहाँ फोहोर जम्दै जान्छ। त्यसैले दाँत सिरिङ्ग हुने कारण पत्ता लगाएर त्यसको उपचार समयमै गर्नु आवश्यक छ। दाँत किराले खाएको प्रारम्भिक लक्षण भनेको गुलियोबाट सिरिङ्ग हुन्छ। यो चरणमा उपचार गरिएन भने चिसोबाट सिरिङ्ग हुन्छ। यसपछि पनि उपचार गरिएन भने तातोबाट पनि दाँत सिरिङ्ग हुन थाल्छ र दुख्न थाल्छ। यही समयमा हामीले किराले खाएको ठाउँमा दाँत भ¥यौं भने पछि समस्या आउँदैन।

प्रतिक्रिया दिनुहोस