एलियनसँग सम्पर्क गरे, मानव जाति नै स’माप्त हुने वैज्ञानिकको चेतावनी

एलियनसँग सम्बन्धित कैयौं घट’ना हामीले सुन्ने गरेका छौं । हालै अमेरिकी पूर्व राष्ट्रपति बाराक ओबामा र अन्य अमेरिकी विशेष’ज्ञहरुले पनि युएफओ देखेको घट’नाका पुष्टि गरेपछि यो विषय थप चर्चामा छ । अमेरिकी रक्षा म’न्त्रालयले पनि युएफओसँग सम्ब’न्धित एक रिपोर्ट छिटै सार्वज’निक गर्दैछ । तर, यही समयमा एक भौतिक विज्ञानीले भने एलियनसँग सम्पर्क गर्ने विषयमा नयाँ चेता’वनी दिएका छन् ।

भौतिक विज्ञानी मार्क बु’काननका अनुसार यदि एलियन छन् भने तिनीह’रुसँग गरिने सम्पर्कले पृथ्वीमा जीवन स’माप्त पार्न सक्छ । डेलीस्टारको एक रिपोर्टअनुसार भौतिक विज्ञा’नी मार्क बुकाननले चेतावनी दिँदै अन्य ग्रहका प्रा’णीहरुसँग सम्पर्क नगर्न भनेका छन् । पछिल्लो समय अन्य ग्रह’का प्राणहिरुसँग सम्पर्क गर्ने विषयमा जोड दिइएको बताउँदै उनले यो मानवताको लागि खतरा हुन सक्ने चेता’वनी दिएका हुन् ।

हालै वाशि’ङटन पोस्टमा वैज्ञानिक बुकाननले ती भिडियोहरुको कुरा उल्लेख गरे जसमा अमेरिकी नौसेनाले यी रहस्य’मयी स्पेस अब्जेक्टको सा’मना गरेको थियो । मार्कले लेखेका छन् ‘यी सम्भावनाहरुका बीच हामी सबै आभारी हुनु पर्छ कि हामीसँग अहि’लेसम्म एलियनसँग सम्पर्कको कुनै प्रमाण छैन ।’ मार्कले अगाडि भनेका छन् ‘बाहिरी प्राणी’हरुसँग संवाद गर्ने प्रयास, यदि उनीहरुको अस्तित्व छ भने, हाम्रो लागि निकै खतरनाक हुन सक्छ ।’ उनले यदि त्यहाँ जीवन भए त्यो मित्रवत छ भनेर कसले भन्ने भनेर प्रश्न उठा’एका छन् ।

बुकाननका अनुसार हामी एलिय’नहरुको जुन सभ्यतासँग सम्पर्क गर्ने कोसिस गरि’रहेका छौं ती सभ्यता हामी मानिसहरुको तुलनामा कैयौं गुणा धेरै विकसित हुन सक्ने सम्भावना छ । तर, अन्य केही खगो’लविदहरुले भने एलियनसँगको सम्प’र्कले मानवतालाई ला’भान्वित गर्ने तर्क गर्छन् । म्यासेजिङ ए’क्स्ट्राटेरेस्ट्रियल इन्टरनेशनलका अध्यक्ष अ’मेरिकी खगोल विज्ञानी डगलस वाकोच भने सक्रिय रुपमा एलियनसँग सम्प’र्कको प्रयास गर्नुपर्ने धारणा राख्छन् । डीसी नेपालबाट

प्रतिक्रिया दिनुहोस