महको सेवन गर्ने गर्नु भएको छ भने एकचोटी अवश्य पढ्नुहोला,यस्तो बन्दै छ मह सेवन गर्नेहरुको शरीर

मौरीहरूले विभिन्न प्रजातिका वनस्पति -जडिबुटीसहित) हरूको फूलमा भएको रसलाई सङ्कलन गरी तयार पार्ने तरल वस्तुलाई मह भनिन्छ । फरक मौसममा फरकफरक प्रकृतिका वनस्पतिहरू फुल्ने हुनाले महको रङ र स्वाद पनि फरकफरक प्रकृतिको नै हुन्छन् ।जस्तै, जाडो मौसममा फुल्ने तोरी वा च्यूरीको फूलबाट तयार भएको मह जमेर सेतो रङ देखिन्छ । ह्प्तामा दुई-तीनपटक महको प्रयोग गरेर दाँत माझ्न लगाउने हो भने दाँतमा चमक आउने र स्वस्थ हुने गर्दछ । नुहाउँदा पनि सकेसम्म निम र मह दुई-तीन थोपा प्रयोग गर्न सके यसले शरीरलाई ज्यादै राम्रो गर्दछ ।

शरीरमा मालिस गर्दा शुद्ध तोरीको तेलमा महको केही मात्रा मिसाएर गर्ने हो भने पनि शरीरमा रोगको लक्ष्यणहरूले आक्रमण गर्न पाउँदैनन् । दुई वर्षभन्दा माथि उमेर समूहका बच्चाहरूले मानिसहरूले दैनिक एक चम्चा मह सेवन गर्नाले हाम्रो शरीरलाई आवश्यक पर्ने सम्पूर्ण भिटामिनहरूको स्रोतहरू पूर्ति गर्नुको साथै रोगविरुद्ध लड्ने क्षमता बढ्दछ ।विशेषगरी बालबालिकामा यसको सेवनले हुने फाइदाहरूलाई हेर्दा बालबालिकाहरूलाई बिहानको खाजामा एक कप दूध, एक चम्चा मह, दस दाना सुकेको बदाम नियमित खान दिनाले शरीर स्वर्फूत हुने गर्दछ । बालबालिकाहरूको लागि चिनीको गुलियो होइन महको गुलियो अति नै आवश्यक हुने चिकित्सकहरूको रायअनुसार दैनिक महको सेवनले चिसो नलाग्ने, शरीरमा रगतको कमी नहुने, हड्डी, नशा, छालालगायत सम्पूर्ण शरीरको सुरक्षाको लागि मह ज्यादै उपयोगी मानिन्छ ।

औषधोपचार१. अमलपित्तको रोगमाफुराएको एक चिम्टी मरिचको धूलो, एक चम्चा मह, एक ग्लास पानीमा फिटेर खाने गरेमा अमलपित्तको रोग ठीक हुँदै जानेछ ।२. दमको रोगमाबेलपत्रको धूलो एक चम्चामा एक चम्चा मह मिसाएर बिहान/बेलुका खाने गरेमा दमको रोग समन हुँदै जान्छ ।३. रुघा, खोकी लागेमाबेलपत्रको धूलो एक चम्चामा एक चम्चा मह मिसाएर खाएमा रुघा, खोकी र ज्वरो पनि ठीक हुन्छ ।४. टंसिल भएमाटंसिल दुखेकोमा बेसार र मह फिटेर रुद्रघण्टीमा बेलुका सुत्ने बेलामा लगाउने गरेमा ठीक हुँदै जान्छ ।

५. शूल भएमा , धेरै दीसा लागेमाजीराको धूलो, ५० ग्राम, सिदेनूनको धूलो ५० ग्राम र घ्यूमा फुराएको हिङ १० ग्रामको धूलो सबै मिसाएर मनतातो पानीसँग १\१ चम्चा मह अथवा घ्यूमा मिसाएर दिनको ३\४ पटक रोग अनुसार मात्रा मिलाई खाएमा दीसा धेरै लागेको ठीक हुन्छ ।६. घाँटी बसेमाएक ग्लास पानीमा एक चम्चा मह हालेर गारगल गरेमा बसेको घाँटी ठीक हुन्छ र स्वर खुल्छ ।७. भोक जगाउन१ डाडु भाङको गेडाको धूलोमा १ चम्चा मरिचको धूलो मिसाउने र बिहान खाली पेटमा १ चम्चा महसँग फिटेर खाने गर्नुहास्, भोक राम्ररी जाग्नेछ ।

८. खोकी लागेमादतिउनको पन्चाङ्गको खरानी एक चम्चामा एक मह मिसाएर बिहानबेलुका खाने गरेमा खोकी लागेको ठीक हुन्छ ।९. कफ जमेर गाह्रो भएमाफुराएको मरिचको धूलो १ चिम्टी १ चम्चा महमा फिटेर दिनको ३–४ पटक चाट्ने गरेमा केही दिनमै ठीक हुन्छ १०. स्त्रीको मासिक धर्म रोकिएमाबकाइनोको फूलको रस आधा चम्चामा मह आधा चम्चा मिसाएर बिहान/बेलुका खाने गरेका धर्म रोकिएको खुल्छ र नियमित हुन्छ ।

११. अल्काई भएमाएक चिम्टी मरिचको धूलो आधा चम्चा जीराको धूलो, एक चम्चा महमा फिटेर बिहान–बेलुका केही दिन खान दिएमा पनि अल्काई ठीक हुँदै जान्छ ।हामीले केहि सम्बन्धित थप जानकारी दिइएका छाै

नेपालमा मह उत्पादन गर्ने मुख्य मौरीका जातहरू

परागसेचनको अलावा मौरीजन्य उत्पादनः मह, कुट, मैन आदि उत्पादनमा सहयोग पुर्याउने मौरी एपिडी परिवारमा पर्दछन । यस अन्तर्गत नेपालमा पाइने मौरीका जातहरु यस प्रकार छन ।१. एपिस सेरानायो स्थानीय मौरी हो । यसलाई एसियन मौरी पनि भनिन्छ । यो घरपालुवा मौरी हो । यो मौरी एक गोलामा करिब २५ देखि ३० हजारको संख्यामा हुन्छन् । यिनीहरू चर्नको लागि बढीमा १ कि.मि.सम्म उडान गर्न सक्तछन् । यसले अध्यारो ठाउमा धेरै चाका बनाई गुड बनाएर बस्ने हुनाले यसलाई घारमा राखी पाल्न सकिन्छ । एक घार मौरीले वार्षिक १५–२० किलो मह उत्पादन गर्न सक्तछ । यो मौरी नेपालका तराइका जिल्ला तथा मध्य पहाडी क्षेत्रमा पाइन्छन् ।

२. एपिस मेलिफेरायो आयातित मौरी हो । यसलाई युरोपेली मौरी पनि भनिन्छ । यो पनि घरपालुवा हो । यो मौरीको शरीर सेराना भन्दा ठूलो हुन्छ । यिनीहरूको संख्या पनि एक गोलामा ५०–६० हजार हुन्छ । यिनीहरू ४९५ कि.मि. सम्म चर्न जान सक्तछन् र यिनीहरूलाई घना चरन क्षेत्रको जरुरत पर्दछ । यो मौरीले वार्षिक ६०–८० किलो मह उत्पादन गर्दछ । यि मौरीहरु पनि तराइका अधिकांश जिल्ला र पहाडी जिलमा नै पाइन्छन् ।जङ्गली मौरी अन्र्तगत एपिस डोरसाटा र एपिस लेबोरियोसा छन् । डोरसाटा मौरीलाई खागो र कतै सिङगोस पनि भनिन्छ । लेबोरियोसालाई भीर मौरी पनि भनिन्छ । एपिस फ्लोरिया पनि भिर मौरीमा नै पर्छ ।

३.एपिस डोरसाटायो मौरी खुल्ला, उज्यालो ठाउमा बस्न र गुड लगाउन मन पराउने हुनाले घारमा राख्न सकिदैन । तराई र भित्री मधेसका प्रायः जङ्गलमा र कहिलेकाही घरका बाहिरी टपमा पनि नाङ्ला जत्रा एउटा चाका लगाएर बस्दछन् । घरपालुवा भन्दा ठूलो शरीर हुने यी मौरीका एउटै गोलाले ४० किलो सम्म मह जम्मा गर्दछन् ।४. एपिस लेबोरियोसायो भीर मौरी हो । पहाडका चट्टान, पहराहरूमा खुल्ला ठाउमा एउटा गोलाले एउटै ठूला–ठूला चाका लगाई गुड बनाउछन् । सिन्धुपाल्चोक तातोपानी, कास्कीको सिक्लेस, सवि, लमजुङ्गको घलेगाउ आदि यो मौरीको बासस्थान हो । यसले पनि एउटै गोलाबाट ४० किलो भन्दा बढी मह दिन्छ ।

५. कठ्यौरी मौरीयो जातको मौरी समुद्र सतहबाट १०००–१२०० मिटरको उचाइसम्म पाइन्छ । यसले न्यानो, खुल्ला तर अरु जीवजन्तु रमानिसको चहलपहल अलि कम भएको, शान्त ठाँउ मन पराउँछ । यस जातको मौरीले स–साना बोट बुट्यानको हागाहरुमा हत्केला जत्रा चाका लगाउँछ र त्यसमा सरदर १ किलोग्राम मह लगाएको हुन्छ ।६. खागो मौरीयो मौरी पनि समुद्र सतहदेखि करिब १००० मिटरसम्मको उचाइमा पाइन्छ । यसले जमीनको सतहदेखि ४०÷ ५० मिटर अग्ला घरका छाना वा रुखका हाँगाहरुमा ठूला–ठूला चाका लगाउँछ । यसको यौटै गोलामा ३०–९० हजार सम्मको संख्यामा मौरीहरु हुन्छन् । यो जातको मौरी धेरै रिसाहा हुन्छ।

तातोपानीमा मह र कागती मिसाएर खानुका फाइदा

मानिसलाई स्वस्थ रहनका लागि तातो पानी मात्र पनि एकदमै महत्वपुर्ण मानिने गरिन्छ । तातोपानी खादा मानिसको स्वास्थ्यमा अनेकौ फाइदा हुने गर्दछन् भने त्यसमा मह र कागती मिसाएर खानुमा झन् धेरै फाइदा मिल्ने गर्दछ । तातोपानीमा मह र कागती मिसाएर खानाले मानिसको पाचन प्रणालीमा सुधार लगाएत कब्जिएत, मुखको समस्या, तौल घटाउन जस्ता विभिन्न समस्याको समाधान गर्छ ।पाचन प्रणलीमा सुधारपाचनलाई सुधार्नका लागि बिहान तातो पानीमा मह र कागती मिसाएर खानुपर्छ । यसले पेट सफा राख्न मद्दत गर्नुका साथै कलेजोमा रसको उत्पादनलाई बढाउँछ, जसबाट पाचन प्रक्रियामा मद्दत मिल्छ । कागतीमा रहेको एसिडले पाचनप्रणालीलाई मजबूत पार्न मद्दत गर्छ र अवान्छित विषाक्त पदार्थलाई बाहिर निकाल्छ । यसका अलावा महले एक एन्टीब्याक्टेरियलको रुपमा काम गर्छ र शरीरमा रहेको कुनै पनि प्रकारको संक्रमण हटाउँन मद्दत गर्छ ।

कब्जियत हटाउँछतातोपानीमा मह र कागती मिसाएर खानाले कब्जियतलाई समेत निको पार्ट । यसले आँतलाई प्रोत्साहित गरेर दिसा खलास गर्नमा सहयोग गर्छ । यसका अलावा यसले आन्त्र म्युकसलाई बढावा दिन्छ । सुख्खा भएको दिसालाई भिजाउँछ । यसले दिसा गर्न सहयोग गर्छ ।लिम्फेटिक सिस्टमको सफाईमा सहयोगीलिम्फेटिक सिस्टममा पानी र आवश्यक तरल पदार्थको कमी भएमा थकान महसुस हुन्छ । कब्जियत, सुत्न समस्या, उच्च या न्युन रक्तचाप, तनाव र मानसिक स्वास्थ्यमा असर पर्छ । बिहान–बिहान यो मिश्रण पिउनाले लिम्फेटिक सिस्टम सुख्खा हुन मद्दत गर्छ, जसबाट प्रतिरक्षा प्रणालीमा पनि सुधार हुन्छ ।

मुख स्वास्थ्यमा सुधारएसिडिक प्रकृतिको कागती, मह र तातो पानी पिउनाले मुख गन्हाउने समस्या समाधान हुन्छ । कागतीले आक्रामक ब्याक्टेरियालाई मारेर मुख शुद्ध गर्न मद्दत गर्छ । मुख गन्हाउने मुख्य कारण जिब्रोमा जमेको सेतो भाग (खाद्य तथा ब्याक्टेरियाका कारण यस्तो हुन्छ) पनि हो । कागती सहितको यो मिश्रणले यस्तो सेतो भागलाई हटाएर मुख गन्हाउने समस्या प्राकृतिक रुपमा हटाउँछ ।

मूत्रबद्र्धक रुपमा कार्य गर्छमहमा शक्तिशाली एन्टीब्याक्टेरियल गुण हुन्छ । यसमा कैयौ प्रकारको संक्रमण हटाउने क्षमता हुन्छ । कागती, तातो पानी र महको मिश्रणले एक उत्कृष्ट मूत्रल (शरीरबाट पानी बाहिरनिकाल्ने तत्व) को रुपमा काम गर्छ । मूत्रमार्गलाई सफा गर्ने यो सबैभन्दा राम्रो तरिका हो । युटिआई या मूत्रमार्ग संक्रमणबाट पीडित महिलाका लागि यो मिश्रण वरदान साबित हुन्छ ।

इनर्जी लेबल बढाउँछमह र तातो पानीको मिश्रणले शरीरमा इनर्जी वृद्धि गर्छ । शरीरमा बढी इनर्जी उत्पन्न हुँदा शरीरको मेटाबोलिज्म र कार्यप्रणालीमा वृद्धि हुन्छ । महले शरीरका अंगलाई ठीक ढंगबाट काम गर्न प्रेरित गर्छ । बिहान तातो पानी तथा कागतीका साथ मह लिनाले शरीर दिनभर उर्जावान बन्छ ।तौल घटाउन उपयोगीमह, कागती र तातोपानीको मिश्रण सेवन गर्नाले भोक पनि कम लाग्छ । यसमा फाइबर पाइन्छ,जसले भोक र सुगर लेबललाई कम गरी पर्याप्त इनर्जी प्रदान गर्छ । यसैले नियमित रुपमा बिहान यसको सेवन गर्नाले दिनभर खाने खानामा पनि कमी हुन्छ । जसबाट तौल घटाउन पनि मद्दत मिल्छ ।

पोषक तत्व र भिटामिनले भरपूरमह र कागतीका साथ तातो पानी सेवन गर्दा शरीरका लागि एन्टीअक्सिडेन्ट, भिटामिन र अन्य पोषकतत्व पाइन्छ । यसका अलावा यसमा एन्टिइन्फ्लामेटोरी गुण पनि पाइन्छ । यसैले यसको सेवनले शरीरको रोगप्रतिरोधी प्रणाली मजबूत हुन्छ ।रोग प्रतिरोधी क्षमता मजबूत बनाउँछयसको नियमित सेवनले शरीरको प्रतिरोधी क्षमतामा वृद्धि हुन्छ । मह र कागतीमा भएको एन्टिअक्सिडेन्ट र अन्य पोषक तत्वले मौसम परिवर्तनसंगै हुने संक्रमणबाट पनि बचाउँछ ।

नोट: माथि उल्लेखित स्वास्थ्य सम्बन्धी जानकारीहरु विभिन्न अनलाइन तथा पत्र-पत्रिकाहरुबाट साभार गरिएको हो । मानिसको शारिरिक अवस्था र समय अनुसार पनि माथि उल्लेखित कुराहरुको उपलब्धी फरक पर्छ । सम्पुर्णरुपमा यहि कुरामा मात्रै भर नपर्नुहोला । माथि उल्लेखित कुराहरु प्रयोग गर्दा तपाईको स्वास्थ्यमा थप खराबी देखिए, कृपया तुरुन्त रोकेर स्वास्थ्यकर्मीहरुसँग सल्लाह लिनुहोस् ।साथै तपाईलाई यो जानकारी कस्तो लाग्यो ? हाम्रो जानकारीहरु अरुलाई पनि देखाउन कृपया सेयर गर्नुहोला । तपाइको एक सेयरले थाहा नभएकाहरुले ज्ञान पाउछन भने हामीलाई पनि सहयोग मिल्नेछ ।

प्रतिक्रिया दिनुहोस