हंगेरीविरुद्धको खेलमा रोनाल्डोले बनाउन सक्नेछन् यी रेकर्ड

युरो २०२० अन्तर्गत मंगलबार पोर्चुगल र हंगेरीबीच प्रतिस्पर्धा हुँदैछ।

राति ९:४५ बजे हुने खेलमा हंगेरीविरुद्ध मैदान उत्रिएसँगै पोर्चुगिज सुपरस्टर क्रिस्टियानो रोनाल्डोले रेकर्ड बनाउनेछन्।उनी पाँच संस्करणको युरो कप खेल्ने पहिलो खेलाडी बन्नेछन्। यसअघि उनले २००४, २००८, २०१२ र २०१६ मा युरो कप खेलिसकेका छन्।चार संस्करणको युरो कप खेल्ने रेकर्ड भने रोनाल्डोसँगै १७ खेलाडीको नाममा छ।हंगेरीविरुद्ध गोल गरे उनले अर्को रेकर्ड बनाउनेछन्। उनी युरो कपमा सर्वाधिक गोल गर्ने खेलाडी हुनेछन्। उनले चार युरो कपमा उनले ९ गोल गरेका छन्। रोनाल्डोले यसअघि फ्रान्सका प्लाटिनीको नाममा रहेको ९ गोलको कीर्तिमान बराबरी गरेका थिए।

रोनाल्डोले सन् २००४ मा २ गोल, २००८ मा १ गोल, २०१२ मा ३ गोल र २०१६ मा ३ गोल गरेका थिए।यस्तै रोनाल्डोले हंगेरीविरुद्ध गोल गर्दा पाँच संस्करणको युरो कपमा गोल गर्ने पहिलो खेलाडी बन्नेछन्। अघिल्लो संस्करणमा गोल गरेसँगै रोनाल्डो चार संस्करणमा गोल गर्ने पहिलो खेलाडी बनेका थिए।रोनाल्डोको नाममा युरो कपका सर्वाधिक खेल खेल्ने कीर्तिमान पनि छ। उनले चार संस्करणमा २१ खेल खेलिसकेका छन्।

नदी तटीय बासिन्दालाई सतर्क रहन आग्रह
स्थानीय प्रशासनले नारायणी, राप्तीलगायतका नदी किनारामा रहने बासिन्दालाई विशेष सतर्कता अपनाउन अनुरोध गरेको छ। जिल्ला प्रशासन कार्यालय चितवनले एक सूचना जारी गर्दै सतर्कता अपनाउन अनुरोध गरेको हो।कार्यालयका प्रशासकीय अधिकृत खेमराज पौडेलद्वारा जारी सूचनामा मौसमको समय सुरु हुन लागेकाले जिल्लाका धेरै स्थानमा बाढी, पहिरो, नदी कटानको सम्भावना रहेकाले आमनागरिकलाई सतर्कता अपनाउन अनुरोध गरिएको छ। सूचनामा बाढी आएको समयमा नदीमा माछा मार्ने, पौडी खेल्ने र दाउरा सङ्कलनको काम नगर्नरनगराउन अनुरोध गरिएको छ ।

नारायणगढ–मुग्लिन सडकखण्डमा ठाउँठाउँमा खस्यो ढुङ्गा नारायणगढ–मुग्लिन सडकखण्डको ठाउँठाउँमा ढुङ्गा र लेदो खसेको छ। जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार सडकका विभिन्न ठाउँमा ढुङ्गा र लेदो खसेको हो।कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक सूर्यबहादुर थापाका अनुसार सडकखण्डको सात दोबाटो र घुमाउनेमा ठूलो ढुङ्गा खसेर सडक एकतर्फी सञ्चालनमा आएको छ।कालिखोला, जलवीरे, सत्र किलोलगायतका ठाउँमा ढुङ्गा र लेदो खसेको उनले जानकारी दिए। सडकमा खसेका ढुङ्गा पन्छाउनका लागि डिभिजन सडक कार्यालयसँग समन्वय भइरहेको उनले बताए। निरन्तरको वर्षाका कारण ढुङ्गा पन्छाउन कठिन भएको उनले जानकारी दिए।

प्रतिक्रिया दिनुहोस