कागतीसंग जोडिएका केहि भ्रमहरु !

धेरैलाई लाग्छ कि बिहान उठ्नेबित्तिकै र राती सुत्नुअघि मनतातो पानीमा कागती मिसाएर पिउँदा तौल घट्छ । कतिले त यस्तो हुने दाबी नै गर्छन् । तर सबैले सुझाउँदै आएका यस्ता टिप्स वास्तविक हुन् भनेर कसरी विश्वास गर्नु रु के साँच्चै नै कागती पानीले तौल घट्छ ?कागती पानीबारे वर्षौं पुरानो भ्रम

१. यसले शरिरलाई डिटक्सिफाइ गर्दैनःडिटक्सिफाइको अर्थ हो शरिरको रगतलाई सफा गर्नु । त्यसकारण जतिधेरै पानी पिउनुहुन्छ तपाईंको शरिर त्यति नै धेरै सफा हुन्छ । त्यसकारण पानीमा कागती हाले पनि नहाले पनि त्यसले केही फरक पार्दैन । वास्तवमा, कागतीमा भिटामिन सीबाहेक अन्य कुनै तत्व हुँदैन जसले शरिरलाई डिटक्सिफाइका लागि सहयोग गरोस् । यदि केही अनुसन्धानकर्तालाई विश्वास गर्ने हो भने तपाईंले आफ्नो शरिरलाई डिटक्सिफाई गर्नै पर्दैन किनभने यो काम तपाईंको मृगौला र कलेजोले आफै गर्छ ।२ .कागती पानीले तौल घटाउँदैनःहो, कागती स्वास्थ्यका लागि निकै फाइदाजनक छ । यसमा एक फाइबर हुन्छ जसलाई भनिन्छ, पेक्टिन । पेक्टिक फाइबरले तपाईंलाई तौल कम गर्न निकै सहयोग गर्छ । तर यहाँ समस्या के छ भने, कागतीमा पेक्टिक फाइबर निकै कम पाइन्छ र यति थोरै मात्राले तौल कम गर्न सहयोग गर्दैन । त्यसकारण पेक्टिक फाइबरयुक्त खानेकुरा खान चाहनुहुन्छ भने ओट्स, हरियो सिमी, दाल वा गेडागुडीलाई खानामा समावेश गर्नुहोस् ।

३. कागती पानीले तपाईंको मेटाबोलिजमलाई बढाउँदैनःमेटाबोलिजम भनेको तपाईंको शरिरभित्रको खानालाई पचाउने शक्ति हो । तर यसलाई पाचनक्रिया भन्न मिल्दैन तर तपाईंको शरिरले कति क्यालोरी बर्न गर्ने भन्ने कुरा मेटाबोलिजमले निर्धारण गर्छ । कागती पानीले मेटाबोलिजमलाई बढाउँछ कि बढाउँदैन भन्ने बारे अनुसन्धानकर्ता नै अलमलमा छन् । तर यदि तपाईंले गुगलमा कागती पानीबारे सर्च गर्नुहुन्छ भने यसले मेटाबोलिजमलाई बढाउने भन्दै विभिन्न जानकारी दिन्छ तर यसबारे कुनै पनि डाक्टरले पुष्टि गरेका छैनन् ।

४. कागती पानीले तपाईं जवान पनि बनाइराख्दैनःसमयलाई कसले रोक्न सक्छ र रु बुढेसकाल त सबैलाई लाग्छ । कागतीमा अत्यधिक एन्टिअक्सिडेन्ट पाइन्छ । एन्टिअक्सिडेन्टको काम भनेको छालालाई स्वस्थ राख्नु र त्यसमा कोल्याजेन बनाउनु हो । कोल्याजेनले छालामा पर्ने चाउरीपनालाई थोरै समयका लागि पर सार्छ । तर यस्ता विभिन्न खानेकुरा छन् जसमा कागतीमा भन्दा धेरै कोल्याजेन पाइन्छ । सबैको अनुहारमा चाउरी त पर्छ तर छालालाई स्वस्थ राख्न चाहनुहुन्छ भने कागतीमा भन्दा धेरै क्यालोजिन पाइने किवी, सुन्तला, र अम्बा खानुहोस् । यसमा अत्यधिक मात्रामा भिटामिन सी हुन्छ र यसले तपाईंको छालालाई थप स्वस्थ राख्नेछ ।

प्रतिक्रिया दिनुहोस