होटल पुगेका एक वृद्ध बाबु र उनका छोराको यो कहानी, जसलाई पढ्दा तपाईं पनि भावुक बन्नुहुनेछ

एउटा छोराले आफ्नो वृद्ध बाबु लाई रात्रि भोजनको लागि एउटा राम्रो रेस्टुरेन्टमा लिएर गयो । खाना खाने बेलामा ती वृद्धको धेरै पटक खाना आफ्नो कपडामा पोखियो । रेस्टुरेन्टमा खाना खानको लागि बसेका सबै जनाले ती वृद्धलाई घृणित नजरले हेरिरहेका थिए । तर उनको छोरा भने एकदम शान्त थियो ।

खाना खाइसकेपछी केहि लाज नमानी वृद्ध बाबुलाई वाशरुम लिएर गयो । वृद्ध बाबुको कपडामा लागेको खाना सबै सफा गरिदियो, अनुहार सफा गरिदियो, कपाल कोरिदियो र वृद्ध बाबुलाई चस्मा लगाइदियो । त्यसपछि बाबुलाई बाहिर लिएर आयो । सबै जना अचम्म मानेर हेर्दै थिए ।

त्यसपछि उसले बिल भुक्तान गर्यो र वृद्ध बाबुलाई लिएर बाहिर आउदै थियो ? त्यही रेस्टुरेन्टमा खाना खान बसेका एउटा वृद्धले उसलाई आवाज लगाए र उसलाई सोधे-बाबू तिमिलाइ लाग्दैन तिमी यहाँ केही छोडेर जादै छौ ??

उसले जवाफ दियो-हैन सर । मैले केही पनि छोडेको छैन।
वृद्धले भने-बाबू तिमिले यहाँ प्रत्येक पुत्रको लागि एउटा शिक्षा सबक अनि प्रत्येक मातापिताको लागि उम्मीद छोडेर जादै छौ ।

उसले जवाफ दियो- प्रायःजसो हामी बृद्धा आमाबाबुको साथमा बाहिर जानको लागि शर्म मान्छौ। सङ्गै गएर के गर्छौ राम्रोसँग हिड्न पनि आउदैन । राम्रोसँग खान पनि जन्दैनौ तिमीहरु त घरमै बसेको सुहाउँछ भन्छौं ।

तर तपाइँहरूलाई के थाहा जब तपाईंहरू सानो हुनुहुन्थ्यो तपाईंको मातापिताले तपाईंलाई आफ्नो काखमा लिएर बाहिर जानू हुन्थ्यो । तपाईं त्यति बेला ठिक सङ्ग हिड्न पनि सक्नु हुनि थिएन ।

ठिक सङ्ग खान पनि सक्नु हुनि थिएन । त्यो बेला तपाईंलाई आफ्नो मातापिताले आफ्नै हातले खाना खुवाउनु हुन्थ्यो । खाना पोखियो भने गाली हैन मायालु तरिकाले सम्झाउनु हुन्थ्यो ।

अनि त्यही मातापिता बुढेसकालमा कसरी बोझ लाग्नु भयो ?
मातापिता भगवानको रुप हुन् । उनीहरुको सेवा गर्नुस् । माया दिनुहोस् किनकि एकदिन हजुरहरु पनि बृद्ध हुनुहुन्छ । आफ्नो माता-पिताको सधैं सम्मान गर्नुस.. (सामाजिक सञ्जालबाट)

प्रतिक्रिया दिनुहोस