सञ्जयकी श्रीमतीले भावुक बन्दै लेखिन् म सञ्जूका फ्यानहरुसँग उहाँको स्वास्थ्य लाभको कामना माग्छु

काठमाडौं । एक गम्भीर बिरामीको सामना गरिरहेका बलिउड अभिनेता सञ्जय दत्त उपचारका लागि अमेरिका गएको समाचार बाहिर आएको छ । फोक्सोको क्यान्सर तेस्रो चरणमा पुगेको समाचार भारतीय मिडियाहरुमा आएको छ ।

उनको स्वास्थ्य गम्भीर भएको कुराले उनका फ्यानहरुलाई धेरै देःखी बनाएको छ । यो बीचमा अहिले सञ्जयकी श्रीमती मान्यताले एक बयान जारी गरेकी छन् । जसमा उनले सञ्जूका फ्यानहरूलाई प्रार्थना गर्न अपील गरेकी छन् । यद्यपि यस बयानमा उनले क्यान्सर रोगको बारेमा खुलेआम केही भनेकी छैनन् । तर संजय दत्तलाई फाइटर भनिएको छ ।

मान्यताले लेखेकी छन्, ‘म सञ्जूको स्वास्थ्य लाभको लागि प्रार्थना गर्ने सबैलाई धन्यवाद दिन्छु । हामीलाई यस संकटको घडीबाट बाहिर आउन तपाईको प्रार्थनाको आवश्यक छ । यस परिवारले विगतमा पनि धेरै कुराहरु सहेका छन्,

तर म पक्का छु कि यो समय पनि बितेर जान्छ । तपाइँ सबैलाई मेरो अनुरोध हो छ कि सञ्जूको फ्यानहरूको कुनै पनि अफवाहलाई बेवास्ता गर्नुहोस् । हामीलाई मद्दत गर्नुहोस् र तपाईंको माया र समर्थनलाई यस्तै राख्नुहोस् ।’

मान्यताले आफ्नो परिवारले सबै कठिनाइहरूको सामना गरिरह्यो भनेकी छिन् । उनले भनेकी छिन्, ‘सञ्जु जहिले लडाकू भएको छ र हाम्रो परिवारले पनि संघर्ष गरिरहेका छ । भगवानले हामीलाई फेरि यो चुनौती दिएर परीक्षण गर्नुभयो । हामीलाई तपाईंको प्रेम र आशीर्वादहरू चाहिन्छ । हामीलाई थाहा छ यस पटक पनि हामी विजेता हुनेछौं ।’

प्रतिक्रिया दिनुहोस