राउटे सम्झना शाहीले खाना पकाउदै गरेको भिडियो बन्यो भाइरल, युटुबमा १८ लाख भन्दा बढिले हेरे (भिडियो हेर्नुस्)

पछिल्लो समय निकै चर्चित समुदाय हि राउटे ! सामाजिक संजाल भरि नै राउटे समुदाय चासो को बिषय बनेको छ ! बिशेस गरि राउटे समुदाय को सम्झना शाही एति बेला निकै चर्चित छिन् |उनि सामाजिक संजाल मा खुलेर बोलेकै कारण अत्यधिक भाइरल छिन् | उनलाई फ्लिम मा खेलाउन पनि धेरै अफर हरु आएका छन् |

राउटे को जिबन शैली
राउटे प्राचिन समय देखि नै जंगल तथा , खोला नालाको छेउ छाउ मा बसोबास गर्ने समुदाय हो | उनीहरुले पैसा छोए पाप लाग्छ भन्ने बिश्वास गर्ने गर्छन | फिरन्ते जीवनशैली भएका राउटेहरू विभिन्न जंगलहरूमा बसाइँ गर्दै बस्दै गर्छन।

जंगलमा पुगी काठका कोषी मदुस बनाईत्यसलाई गाँउमा गएर अन्न पातसँग साटेर जिविका धान्ने गर्छन्। दिनभर काठका सामग्री निर्माण गर्नु, बाँदरको शिकार गर्नु, माग्नका लागि नजीकका गाउँमा पुग्नु उनीहरूको दिनचर्या हो।

आफूले बनाएको काठको भाँडा बोकेर अन्न साट्न गाउँमा पुग्ने र फर्केर आउन भ्याउने समय अन्दाज गरेर यिनीहरू वासको प्रबन्ध गर्छन्। वनको हरियो स्याउला र घोचाहरूद्वारा गोलाकार र अण्डाकार छाप्रो वरिपरि बनाएर बीचमा केटाकेटी खोल्ने र आइमाइले धान कुट्ने, निफन्ने आदि सम्म परेको ठाउँ राख्छन्। छाप्रो बनाउने कार्य महिलाले गर्छन्।

कर तिरो तिरेर खेतीपाती गरेर, गाउँमा बस्नुलाई र अर्काको सित्तैमा खानुलाई अपराध सम्झन्छन्। बाटो लागेपछि पछाडि फर्केर खोला वा तालको पानी खाँदैनन्, मूलको मात्र खान्छन्। सम्पत्तिका रूपमा यिनीहरूसँग पकाउने भाँडा, दाउरा काट्ने र शिकार गर्ने केही हतियारमात्र हुन्छन्।

सर्ट, पेन्ट लगाएको मानिस भेट भए शिकार पर्दैन भन्ने यिनीहरूको विश्वास छ। शिकार नपर्नुलाई ईश्वर रिसाएको ठान्छन्।

राउटे एकै ठाउँमा घर बनाएर बस्दैनन् ?
धेरैलाई जिज्ञासा हुन सक्छ किन राउटे एकै ठाउँमा घर बनाएर बस्दैनन् ? यसको मुलत: दुई कारण छन| १ – बसेको ठाउँमा कुनै सदस्यको मृत्यु भएमा तत्काल त्यस ठाउँ छाड्नुपर्ने राउटेको चलन रहेछ।

कुनै सदस्यको मृत्यु भए तत्काल त्यही ठाउँमा गाडेर सबै जना रुँदै कराउँदै अर्को बासको खोजीमा हिँड्नुपर्ने संस्कारले गर्दा उनीहरू एकै ठाउँ बस्न नसक्ने रहेछन्। मान्छे मर्नेबित्तिकै त्यस ठाउँलाई अशुभ ठानेर उनीहरू नयाँ ठाउँको खोजीमा हिँड्छन्।

नयाँ ठाउँमा पुगेर मृत्युको पीडालाई भुल्ने र अब नयाँ ठाउँमा आइपुगियो, मर्ने मरिहाल्यो। अब केही हुँदैन भनेर सम्झाइन्छ,अनि त्यसपछि विस्तारै मृत्युको कुरा बिर्सन्छ।राउटे बास सरेपछि अर्को ठाउँको अध्ययन गरी उपयुक्त ठाउँको छनोट गर्दैनन्।

हिँड्दै जाँदा जहाँनेर रात पर्छ, त्यसैलाई उपयुक्त बासस्थान ठान्छन्। रात पर्‍यो भने भगवान्ले यहीं बस भनेको छ जस्तो लाग्छ,त्यसपछि सबै जनाले रूखका हाँगाहरू काटेर छाप्रा बनाई अर्को सदस्य नमर्दासम्म अब यहाँ केही नहोस् भन्ने कामना गर्दै बस्छन । बसाई सर्दा प्रायःजसो एकपटक मानिस म’रेको ठाउँमा फेरि जाँदैनन्।

यस्तै अहिले पछिल्लो समय राउटेका भिडियोहरु सामाजिक संजालमा भाइरल निकै नै भइरहेका छन । सम्झना शाहीले राउटे बस्तीमा खाना पकाउदै गरेको भिडियोलाई अहिले युटुबमा १८ लाख भन्दा बढिले हेरिरहेका छन । मात्र ३ महिनामा उक्त भिडियोलाई १८ लाखले हेरेका हुन ।

अब प्रस्तुत छ भिडियो सामाग्री :

प्रतिक्रिया दिनुहोस