रोनाल्डो बने युरोकप फुटबलमा सर्वाधिक गोल गर्ने खेलाडी

पोर्चुगलले १६ औं संस्करणको युरोकप फुटबलमा विजयी सुरुवात गरेको छ ।मंगलबार राति सम्पन्न खेलमा समूह चरणको पहिलो खेलमा साविक विजेता पार्चुगलले हंगेरीलाई ३–० गोल अन्तरले पराजित गर्दै सुखद सुरुवात गरेको हो ।पोर्चुगललाई जित दिलाउन कप्तान क्रिस्टियानो रोनाल्डोले दुई गोल गरे भने राफायल गुइरेरोको नाममा एक गोल रह्यो ।घरेलु टिम हंगेरीले पहिलो हाफमा पोर्चुगललाई बराबरीमा रोकेको थियो । तर, दोस्रो हाफको अन्तिम १० मिनेट भित्र तीन गोल व्यहोर्यो । खेलको ८४ औं मिनेटमा राफायलले गोल गर्दै पोर्चुगललाई सुरुवाती अग्रता दिलाए ।८७ औं मिनेटमा रोनाल्डोले पेनाल्टीमा गोल गर्दै टिमको अग्रता २–० को बनाए । त्यसपछि खेलको इन्जुरी समयको दोस्रो मिनेटमा रोनाल्डोले व्यक्तिगत दोस्रो गोल गर्दै पोर्चुगललाई ३–० को जित दिलाए । हंगेरीविरुद्ध दुई गोल गरेसँगै रोनाल्डोले युरोकप फुटबलमा सर्वाधिक गोल गर्ने खेलाडीको कीर्तिमान बनाएका छन् ।

 

प्रतिक्रिया दिनुहोस