स्वास्थ्य सामग्री हस्तान्तरण

खाल्सा एड युके इन्टरनेसनलले देशका विभिन्न स्थानमा स्वास्थ्य सामग्री तथा खाद्यान्न सहयोग गरेको छ । अक्सिजन कन्सन्ट्रेटर, अक्सिमिटर, खाद्यान्न सामग्रीलगायतका स्वास्थ्य सामग्रीहरू देशका विभिन्न ठाउँमा हस्तान्तरण गरिएको हो ।यस्तै बुधबार गुरुद्वारा, गुरु नायक सत्संग समिति तथा खाल्सा एड युके इन्टरनेसनलका पदाधिकारीहरूले भक्तपुर अस्पताललाई विभिन्न स्वास्थ्य सामग्री प्रदान गरेका छन् । उक्त अस्पतालमा कोरोना उपचारका लागि आवश्यक पर्ने पाँच थान १० लिटरको अक्सिजन कन्सन्ट्रेटर, अक्सिमिटरलगायतका स्वास्थ्य सामग्री भक्तपुर अस्पतालका निर्देशक डा. सुमित्रा गौतमलाई हस्तान्तरण गर्नुभयो ।

सत्संग समितिका दिपु सिंह, बिक्की सिंह, कमलजित सिंह र खाल्सा एड युके इन्टरनेसनलका नेपाल संयोजक रिम्पल सिंहले उक्त मेसिन र अक्सिमिटर सहयोग गर्नुभएको हो ।खाल्सा युके एडका नेपाल संयोजक सिंहले खाल्सा युके एडले विभिन्न २३ देशमा काम गरिरहेको जानकारी दिँदै यसअघि भूकम्पको समयमा पनि ठूलो सहयोग गरेको जानकारी दिनुभयो । कोरोना महामारीमा विभिन्न जिल्ला अस्पताललाई स्वास्थ्य सामग्री प्रदान गरिएको जानकारी पनि उहाँले दिनुभयो । बुधबार कपनस्थित बालुवाखानी, मञ्जुश्री बाल आश्रम, स्वयम्भूलगायतका क्षेत्रमा खाद्यान्न वितरण गरिएको सिंहले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस